गृहपृष्ठ खबर बमकाण्ड आरोपी आलमलाई तेस्रो पटक ८ दिनको म्याद थप

बमकाण्ड आरोपी आलमलाई तेस्रो पटक ८ दिनको म्याद थप

प्रकाशित मिति:

रौतहट  । रौतहट बमकाण्डका आरोपी नेपाली काँग्रेसका निलम्बित सांसद अफ्ताव आलमलाई जिल्ला अदालत रौतहटले तेस्रो पटक ८ दिनको म्याद थप गतेको छ ।

न्यायाधीश सेखवराज पाण्डेको इजलासले आजदेखि लागु हुने गरी ८ दिनको म्याद थप गरेको स्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए ।

आलमलाई अदालत ल्याउँदा सुरक्षा व्यवस्था कडा पारिएको थियोे ।

प्रहरी नियन्त्रणमा रहेका आलमले बयान दिन नमानेपछि गत कार्तिक ३ गते ५ दिनको म्याद थप गरिएको थियो ।

पहिलो संविधानसभा निर्वाचन २०६४ को पूर्वसन्ध्यामा आलमले बनाउन लगाएको बम पडकिँदा घाइते भएका दर्जन बढी मानिसलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप लागेको छ । प्रहरी हिरासतमा रहेका आलमलाई सर्वोच्च अदालतको आदेशमा रौतहट प्रहरीले असोज २७ गते ईदरिस गेटबाट पक्राउ गरेको थियो ।

पहिलो संविधानसभा निर्वाचन आउनै लाग्दा २०६४ फागुन २७ गते आलम नेतृत्वको समूहले बनाउन लागेको बम विष्फोट हुँदा केही व्यक्तिको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । घाइतेहरुलाई आलमको आदेशमा सिरिन्ज लगाई जिउँदै भट्टामा जलाएर मारेको पीडितहरुको आरोप छ ।

सम्बन्धित् समाचार