कृष्णनगर, कपिलवस्तु , कार्तिक ।
कपिलवस्तु जिल्लाको सशस्त्र प्रहरी बल कृष्णनगरले तीन लाख पचास हजार बराबरको पटका आफ्नै कम्पाउंडमा नष्ट गरेको छ। सशस्त्र प्रहरी बल नं ३९ का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही को कामांडमा खटिएको टोलीले उक्त पटका बरामद गरेको थियो।
विजयनगर गाउँपालिका वडा नं ४ र कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बाट भारतबाट अबैध रुपमा नेपाल ल्याउदै गरेको अवस्था मा पटका बरामद गरेको छ। उक्त पटका स्थानीय समाजसेवी, पत्रकार, सुरक्षाकर्मी , नेपाल प्रहरी को उपस्थित मा उक्त पटका नष्ट गरिएको कुरा सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्णनगरले जनाएको छ।