गृहपृष्ठ खबर बाल विवाह विरुद्ध वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बाल विवाह विरुद्ध वक्तृत्वकला प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

उमेश बि.क/ नवलपरासी ,८ कार्तिक /

नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ मा अवस्थित बुद्धज्याेति प्रा.बि हातिबनमा बाल विवाह विरुद्ध वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

रोशन किशोरी समुहको आयोजना तथा ए.वि.सि.नेपाल र स्टोम फाउण्डेशनको सहयोगमा किशोरी समुहकी अध्यक्ष रिंकु शाहनीको अध्यक्षता तथा सरावल गाउपालिका वडा नं ४ का वडा सदस्य जन्तरी शाहनीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै वडा सदस्य जन्तरी शाहनीले यस किसिमका कार्यक्रमले बालबालिकामा हुने बालबिवाह जन्य अपराधका घटना कमहुने बिश्वास ब्यक्त गरे । बालबालिकाको भबिषय शुनिश्चितगर्न सरावल गाउँपालिका बालमैत्रि गाउँ घोषणा गर्ने योजना अगाडि बढिसकेकाले यसमा सबैको साथ र सहयोग हुनुपर्ने समेत वडा सदस्य सहानिले बताइन। गाउँपालिकाले अहिले वडा नं. १ लाई बालमैत्रि वडा घोषणकालागी तयारीको प्रकृयामा रहेको छ । क्रमिक रुपमा वडा घोषणा गर्दै गाउँपालिकालाईनै बालमैत्रि बनाउने योजना रहेको छ ।

बाल विवाह विरुद्ध वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा जनतामावि मनरी, महेन्द्र मावि सरावल, बुद्धज्योती प्रावि हात्तिवन, रोशन किशोरी समुह हात्तिवनबाट ५ जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो । जसमा जनता मावि मनरीका विद्यार्थी कविता कुमारी यादव प्रथम, रोशन किशोरी समुहकी रेखा कुमारी गौड द्वितिय र महेन्द्रमावि सरावलका राकेश कुमार हरिजन तृतिय भएका छन् ।

कार्यक्रममा बुद्धज्योती प्रा.वि.का प्रधानध्यापक विनोद पाण्डे,जनता मावि मनरीका शिक्षक श्रीराम चौधरी , महेन्द्र मावि सरावलका शिक्षिका हेम कुमारी चौधरी ,बुद्ध ज्योती प्राविका शिक्षक प्रभेक यादव, किशोरकिशोरी संजालका सदस्य संदिप वि.क. ए.वि.सि.नेपालका सहजकर्ता साइदा नेशा पठान , पत्रकार उमेश वि.क. लगाएतले बालविवाह सामाजिक रोग हो । यस प्रकारको गैरकानूनी कार्यलाई रोक्न सवै सरोकारवालापक्षको सहयोग आवश्यक हुन्छ । बालविवाह गराउने कार्य निषेध गरिएका खण्डमा बाल–बालिका दुवैको भविष्य उज्जवल हुने, बालअधिकार र मानव अधिकारको संरक्षण हुने, समाजमा शान्ति सुव्यवस्था कायम गर्न मद्दत पुग्ने, स्वेच्छिक रुपमा मन परेका केटाकेटी संग विवाह गरी बैबाहिक जीवन सफल पार्न सफल हुने र कानूनको शासनको पनि सम्मान हुने भएकोले बालविवाहको अन्त्य गरौं बालबालिकाको सुनौलो भविष्य सुरक्षित गरौं भन्ने कुरामा जाेड दिइएका थिए।

कार्यक्रममा प्रथम,दितीय र तृतीयलाई क्रमश ट्रफी, डायरी र कलम प्रदान गरिएको थियो ।

सम्बन्धित् समाचार