गृहपृष्ठ खबर सरावलमा किशोरी भलिबल प्रतियाेगिता

सरावलमा किशोरी भलिबल प्रतियाेगिता

प्रकाशित मिति:

उमेश बि.क / नवलपरासी ,८ कार्तिक /

नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ मा अवस्थित महेन्द्र मा.बि सरावलकाे प्रांगणमा किशोरी भलिबल प्रतियाेगिता सम्पन्न भएको छ।

जुनतारा किशोरी समुहकाे अायाेजनामा तथा एबिसि नेपाल ,स्ट्राेम फाउन्डेसन नेपालकाे सहयोगमा किशोरी समुहकि अध्यक्ष प्रतिमा गुप्ताकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै सरावल गाउँपालिका अध्यक्ष चाैधरीले खेलाडी भनेका राष्ट्रका गहना हुन्’ त्यसैले खेलाडी र खेल दुबैको सम्मान गर्नुपर्छ भन्ने कुरामा जाेड दिनुभएको थियाे। खेल क्षेत्र समृद्धिको लागि अति आवश्यक रहेको भन्दै, स्थानिय स्तरमा खेलाडीहरु उत्पादन गरि खेल क्षेत्रबाट देशलाई चिनाउने बताउनुभयो । खेल खेलाडीको अभिन्न अंग हो, यसलाई निरन्तरता दिन आग्रह गर्दै, खेलले अनुशासन हुन सहयोग पुर्याउने बताउनुभयो । चाैधरीले खेल एक कला संस्कृतिका रुपमा लिन सकिने बताउदै खेलाडीहरुलाई कुलत र कुसंस्कारमा नलाग्न आग्रह समेत गर्नुभएको थियाे।

त्यस्तै गाउँपालिका उपाध्यक्ष उत्तमा रायले खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए वडाको मात्रै नभई समग्र गाउँपालिका र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभएको थियाे ।

कार्यक्रममा महेन्द्र मावि सरावलका प्रध्याध्यापक धनिराम वि.क, सहायक प्रधानध्यापक सुरेन्द्र प्रसाद चौधरी, किशोरकिशोरी सञ्जालका सदस्य संदिप वि.क. , ए.वि.सि. नेपालकी सहजकर्ता साइदा नेशा पठान , पत्रकार उमेश वि.क. लगाएतले मन्तब्य राख्नुभएको थियो ।

किशोरी भलिबल प्रतियाेगितामा महेन्द्र मा.बि विद्यालयका कक्षा ६ देखि कक्षा १० सम्मका ६ ओटा किशोरी समुहको सहभागिता रहेको प्रतियोतामा ग्रुप बि. प्रथम भएको हो । जस अन्तर्गत ग्रुप ए. दृतिय र ग्रुप सि.तृतिय भएका छन् । प्रतियाेगितामा प्रथम,दितिय र तृतियलाई कप,मेडल, र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सम्बन्धित् समाचार