गृहपृष्ठ खबर अक्षयकोष निर्माणमा जुट्दै रोटरी-रोट्र्याक्ट क्लबअफ कपिलवस्तु मिडटाउन ।

अक्षयकोष निर्माणमा जुट्दै रोटरी-रोट्र्याक्ट क्लबअफ कपिलवस्तु मिडटाउन ।

प्रकाशित मिति:

कपिलवस्तु ,कार्तिक १२
गोमा सापकोटा

रोटरी क्लब अफ कपिलवस्तु मिडटाउन र रोट्र्याक्ट क्लब अफ कपिलवस्तु मिडटाउनको संयुक्त आयोजनमा
गरिब ,अशक्त तथा जेष्ठ नागरिकको उपचारमा मद्दत पुर्याउने हेतुले अक्षयकोष निर्माणार्थ देँउसी भैलो तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

जिल्लाको बाणगंगा नगरपालिकाको पेरीफेरीमा क्लबले आफ्नो सांस्कृतिक प्रस्तुति देखाउदै आएको छ ।
गरिब , अशक्त तथा जेष्ठ नागरिकहरू जो आर्थिक अभावमा स्वास्थ उपचार बाट बन्चित छन् उनिहरूको उपचारमा थोरै भए पनि राहत मिलोस भन्ने अपेक्षा सहित क्लबले देँउसी भैलो तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको रोटरी क्लब अफ कपिलवस्तु मिडटाउन बर्ष २०१९/२० का अध्यक्ष बिरेन्द्र खांणले जानकारी दिनु भयो ।

 

कार्तिक ११ गते साझ जितपुर ४ न. चोकमा प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रममा स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो भने स्थानीय कलाकार देखि गायन क्षेत्रका उदयमान गायक द्वय मिलन कन्डेल र अर्जुन मिश्रको प्रस्तुतिले दर्शक दिर्घामा रौनकता थपिएको थियो ।

पवित्र उदेश्य सहित देँउसी भैलो तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको तथा दिन दु:खीको उपचारमा सहयोग पुग्ने गरि निर्माण गर्न लागिएको अक्षयकोषमा दिल खोलेर सहयोग गर्न रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनका संस्थापक अध्यक्ष लक्ष्मण अधिकारीले अनुरोध गर्नु भएको छ ।

सम्बन्धित् समाचार