गृहपृष्ठ Featured छठ पर्व आज देखी शुरु

छठ पर्व आज देखी शुरु

प्रकाशित मिति:

नेपालीहरुको दोस्रो महान चाडपर्व दिपावली सकिदै अर्को ठुलो पर्वको तयारी शुरु हुन्छ। जुन देशको बिभिन्न ठाँऊहरुमा बिशेष रुपले मनाउदै गरेको पाईन्छ। दक्षिणी भेगहरुमा छठ पर्वको लोक प्रियता बढनुको साथै यस पर्वको लागी बिभिन्न किसीमको तयारी बढदै गएको देखिन्छ ।


तराईहरुको केही जिल्लाहरुमा मनाईने छठ पर्व अहिले समावेशी पर्वका रुपमा विकशित हुदै गएको छ । आस्था र निष्ठाको पर्व मानिने छट पर्वको अवसरमा जिल्लाका विभिन्न ठाउँहरु परासी, कुश्मा, महेशपुर, भुजहवा, सोमनी, प्रतापपुर, सुर्यपुरा, गुठीपरसौनी लगायतका ठाऊहरुमा बिषेश तयारी गरिएको छ।



छठपर्व कार्तिक शुक्ल पक्ष चतुर्थीको दिन देखी शुरु हुन्छ मुख्य दिन अर्थात षठवींको दिन पुजा स्थलहरु नदि,नाला,पोखरी ताल तलैया को बिषेश रुपमा सजावट गरी बृतालुहरु साझ अर्ध्य सामग्री लिएर उपस्थीत हुने गर्छन।

धार्मीक सदभावको रुपमा स्थापित हुदै गएको छठ पर्व मधेशी समुदाय मात्र नभई पहाडी सहित मुस्लिम,जनजाति लगायतहरुको सहभागिता रहेको हुदाँ बिगतको दिन भन्दा छठ पर्व हरेक बर्ष बृदि हुदै गएको देखीन्छ । यो पर्वमा कुनै एक समुदाय नभई हरेक समुदायको चासो बढदै गएको देखिन्छ।

छठ पर्व सुर्यको अराधना र उपासना गरि मनाउने भएको हुदाँ जिल्ला भरिका बिभिन्न जात जातीहरु छठ पर्व मनाउने गरेको पाईन्छ
यो अवसरमा पुजाको लागी घर- घरमा बिशेष तयारी समेत गरिएको गरिन्छ । यो पर्व हरेक बर्ष कार्तिक शुक्ल पक्षको षठवींको दिन मनाऊने गरिन्छ ।

सम्बन्धित् समाचार