गृहपृष्ठ खबर गंगाबस्तिमा गाउँ स्तरीय पुरुष भलिबल प्रतियाेगिता

गंगाबस्तिमा गाउँ स्तरीय पुरुष भलिबल प्रतियाेगिता

प्रकाशित मिति:

उमेश बि.क / नवलपरासी , १४ कार्तिक ।

नवलपरासीको बर्दघाट नगरपालिका १४ गंगाबस्तिमा छठ पर्बकाे अवसरमा गाउँ स्तरीय पुरुष भलिबल प्रतियाेगिता सुरु भएको छ।

श्री शिवशान्ति युवा क्लब गंगाबस्तिमाकाे अायाेजनामा क्लबका अध्यक्ष जितेन्द्र थारुकाे अध्यक्षतामा तथा गंगाबस्तिकाे जेष्ठ नागरिक गंगा राम नवलपुरीया थारुकाे प्रमुख अातिथ्यतामा एवम् सामाजसेबी बिश्व प्रेम पाठककाे बिशिस्ट अातिथ्यतामा भलिबल प्रतियाेगिता सुरु भएको हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै सामाजसेबी बिश्व प्रेम पाठकले खेलाडी भनेका राष्ट्रका गहना हुन्’ त्यसैले खेलाडी र खेल दुबैको सम्मान गर्नुपर्छ भन्ने कुरामा जाेड दिनुभएको थियाे। खेल क्षेत्र समृद्धिको लागि अति आवश्यक रहेको भन्दै, स्थानिय स्तरमा खेलाडीहरु उत्पादन गरि खेल क्षेत्रबाट देशलाई चिनाउने बताउनुभयो । खेल खेलाडीको अभिन्न अंग हो, यसलाई निरन्तरता दिन आग्रह गर्दै, खेलले अनुशासन हुन सहयोग पुर्याउने बताउनुभयो । साथै खेल अनुशासित मर्यादित हिसाबले खेल्नुपर्छ । खेललाई ब्यवसायिक रुपमा लग्नु पर्ने र खेलकुद प्राेत्साहनका लागि स्थानिय तह लाग्नु पर्छ।खेललाई युवाप्रेमि युवा मैत्री लग्न सकियाे भने एउटा असल नागरिकको उत्पादन गर्न सकिन्छ । खेल र सांस्कृतिक जगेर्नाका लागि हामी सम्पुर्ण ब्यक्ति लाग्नुपर्छ । र यश क्षेत्रमा अाफुबाट हुने सहयाेग र साथ हमेशा रहने प्रतिब्धता समेत राख्नुभएको हाे।

कार्यक्रममा बर्दघाट नगरपालिका १४ का वडा सदस्य टेक नरायण नवलपुरीया थारु,ने.का बर्दघाट नगरपालिका सहसंयाेजक दामाेदर जि.सि,समुदाय स्तरीय बिपद ब्यवस्थापन समिति प्रदेश नं. ५ सचिव तथा पत्रकार उमेश बि.क,ने.का बर्दघाट सचिव पाेषचन्द्र देवकोटा ,बुद्ध ज्याेति प्रा.बि का प्र.अ बिनाेद पाण्डे ,नेपाल प्रेस पुनियन जिल्ला सदस्य मुक्ति तिवारी ,गंगा सामुदायिक बिकास प्रतिष्ठानका अध्यक्ष राजु जि.सि लगाएत स्थानियहरु उल्लेखनीय सहभागीता रहेकाे थियाे।

गाउँ स्तरीय पुरुष भलिबल प्रतियाेगितामा प्रथम भएकालाई नगद पुरस्कार २५ हजार मेडल प्रमाणपत्र, दोस्रोहुनेलाई नगद १५ हजार मेडल, प्रमाणपत्र , तेस्रो हुनेलाई ८ हजार मेडल, प्रमाणपत्र र चाैथाे हुनेलाई ३ हजार मेडल, प्रमाणपत्र प्रदान गरिनेछ ।

खेलमा २८ अाेटा पुरुष भलिबल टिमकाे सहभागीता रहेको छ।

बिहीबार भएको उदघाटन सत्रकाे खेल उदय युवाक्लब धर्मबस्ति र शिवशान्ति युवा क्लब गंगाबस्ति बिच भएको खेलमा शिवशान्ति युवा क्लब गंगाबस्ति बिजयी भएको छ।

सम्बन्धित् समाचार