गृहपृष्ठ Featured कपिलवस्तुमा प्रहरीको गोली प्रहारबाट एक जनाको मुत्यु भएपछि आयोग पुग्यो घटनास्थल

कपिलवस्तुमा प्रहरीको गोली प्रहारबाट एक जनाको मुत्यु भएपछि आयोग पुग्यो घटनास्थल

राष्ट्रिय मानवअधिकार आयोगले सामाजिक सद्भाव कायम राख्दै संयमितरूपमा गतिविधिहरु सञ्चालन गर्न सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेको छ । आयोगका निर्देशक मुरारीप्रसाद खरेलले विहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सामाजिक सद्भाव कायम राख्दै शान्ति सुव्यवस्था कायम गर्न तथा आफ्ना गतिविधिहरु संयमितरूपमा सञ्चालन गर्न, गराउन सरकारलगायत सम्बन्धित पक्षहरुलाई आग्रह गरिएको छ ।

लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने विषयलाई लिएर कपिलवस्तुको कृष्णनगरमा स्थानीय दुई पक्षबीच विवाद सिर्जना भई झडप भएपछि स्थानीय प्रशासनले कफ्र्युू आदेश जारी गरेको र बुधबार गोली लागेर एक जनाको मृत्यु भएको भनिएकोे घटनाप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त घटना सम्बन्धमा अनुगमन गर्न आयोगको प्रदेश कार्यालय बुटवलबाट अनुगमन टोली आजै घटनास्थल पुगी अनुगमन गरिरहेको समेत आयोगले जनाएको छ ।

सम्बन्धित् समाचार