कार्तिक १५, बुुटवल । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालन भएको मास्टर अफ विजनेस एडमिनिस्ट्रेसन बैंकिङ एण्ड फाइनान्स (एमविए–विएफ) कार्यक्रमकोे चौथो समुहको लागि प्रवेश परीक्षा पौष १८,१९ र २० गते हुने भएको छ ।
लुम्बिनी वाणिज्य क्याम्पस डिपार्टमेन्ट अफ विजनेस एडमिनिस्ट्रेसनले त्रिभुवन विश्वविद्यालयको समन्वयमा उक्त प्रवेश परिक्षा मिति तय गरेको हो ।
२०७५ सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा घोषित विश्वविद्यालय अनुदान आयोग नेपालद्धारा दोश्रो पटक गुणस्तर प्रमाणित लुम्बिनी वाणिज्य क्याम्पसमा २०७३ सालबाट सञ्चालनमा आएको उक्त एमविए–विएफ कार्यक्रम अध्ययन गरेका पहिलो समुहका सतप्रतिशत विद्यार्थीहरु उत्तीर्ण हुनुका साथै उनिहरुले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट ट्रान्सकिप्ट समेत प्राप्त गरिसकेका छन ।
प्रवेश परीक्षा मिति तोकिए संगै प्रतिक्रिया दिदै क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले एमविए–विएफ अध्ययनको लागि विद्यार्थीहरुको आकर्षण बढ्दो रहेको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित स्वायत्तता कार्यक्रम एमविए–विएफको पहिलो समुहमा उत्तीर्ण भएका विद्यार्थीहरु बैंकिङ्ग तथा अध्यापन क्षेत्रमा लाग्नुका साथै केहि विद्यार्थीहरु उद्यमशिल भई आफ्नै व्यवसायमा आवद्ध रहेको क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।
चौथो समुह २०७६ को लागि प्रवेश परीक्षा फाराम वितरण भैरहेको र फाराम भर्ने अन्तिम मिति २०७६ पौष १७ गतेसम्म रहेको कार्यक्रम निर्देशक माया आचार्यले जानकारी दिनुभयो ।