उमेश बि.क / नवलपरासी ,१६ / कार्तिक /
पश्चिम नवलपरासीको “मिसन नेपाल” नामक सामाजिक संस्थकाे अध्यक्षमा रन्जित कुमार शर्मा चयन हुनुभएको छ।
नवलपरासी जिल्लाका सामाजिक क्षेत्रमा लागेका युवाहरुकाे बिशेष भेलाले समाज परिवर्तन तथा असहाय गरीब जनताहरुकाे हकहित संरक्षणकाे लागि ११ सदस्यीय समिति गठन गरिएको हाे।
“मिसन नेपाल” नवलपरासीको अध्यक्षमा रन्जित कुमार शर्मा, उपाध्यक्षमा रामनगिना गुप्ता,काेषाध्यक्षमा उमेश कुमार बि.क.,सचिवमा पुजा बस्याल, सहसचिवमा सन्दिप कुमार बि.क सदस्यमा अादित्य कुमार प्रजापति,मेनुका यादव,बिनाेद पाण्डे ,रबिन्द्र हरिजन ,प्रतिमा चाैधरी,ज्ञानेश्वर सहानि लगाएत चयन हुनुभएको छ।
मिसन नेपालले दिगो विकासका लक्ष्य प्राप्ति,वातावरण मैत्री तथा जलवायु परिवर्तन सम्बन्धि काम तथा युवा एवम् बालबालिका विकासका निमित्त र दलित ,आदिवासी, जनजाति ,मुस्लीम समुदायको पक्षमा दर्बिलो आवाज उठाउदै समाज रुपान्तरणकाे लागि काम गर्ने संस्थकाे अध्यक्ष रन्जित कुमार शर्माले जानकारी दिनु भएको छ ।