कपिलवस्तु, जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ५ झण्डामा बसको ठक्करबाट डेढ वर्षीय बालकको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय टोपेन्द्र थारु रहेका छन् ।
झण्डा स्थित शुद्धुराम थारुको घरमा पार्किङ्गबाट बस निकालेर भैरहवा नंम्बरका लागि जाने क्रममा बालक खेलिरहेको नदेखिएपछि ठक्कर दिएको बताइएको छ ।
बालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायब निरिक्षक यान बहादुर कुवँरले जानकारी दिनुभएको छ ।
ठक्कर दिने बस मृतक थारुको काकाको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पिपरामा राखिएको छ ।
कपिलवस्तुमा बसले ठक्कर दिदा नाबालकको, घटनास्थलमै मृत्यु
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैआज भारी वर्षाको सम्भावना
१८ घण्टा अघि
सुनसरीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
१९ घण्टा अघि








