गृहपृष्ठ खबर भैलो खेलेको पैसा जनप्रेमी क्लव पिपराले दियो मृर्गौला पिडितलाई

भैलो खेलेको पैसा जनप्रेमी क्लव पिपराले दियो मृर्गौला पिडितलाई

कपिलवस्तुको बाणगंगा नगगरपालिका वडा नः २ मा रहेको जनप्रेमी युवा क्लवले २ जना मृगौला पिडित परिवारलाई सहयोग गरेको छ । देउसी भैलो खेलेर उठेको पैसाबाट मृगौला पिडित परिवारलाई २०÷२० हजार रकमका दरले सहयोग गरेको हो ।

काली गण्डकी १ स्याङजाका ३० बर्षीय धन बहादुर दलार्मी र बाणगंगा नगरपालिका वडा नः २ कप्टैया बस्ने बर्ष २० का रुपा सिङ्गजालीको परिवारलाई क्लवले शनिबार एक कार्यक्रमकाबिच सहयोगबापत उतm रकम हस्तान्त्रण गरेको हो क्लवका अध्यक्ष दिलिप गाहाले बताएका छन ।

भैलो खेलेर उठेको पैसा मानवताका साथ यसरी दिनु राम्रो काम रहेको बताउदै अन्य क्लवलाई यसको सिको गर्न वडा नः २ का वडा अध्यक्ष बिष्णु पौडेलले सो अवसरमा आग्रह गरेका छन ।

सम्बन्धित् समाचार