गृहपृष्ठ खबर कपिलवस्तु सामुदायिक अस्पतालको दोस्रो साधारण सभा तथा दाता सम्मान कार्यक्रम सम्पन्न

कपिलवस्तु सामुदायिक अस्पतालको दोस्रो साधारण सभा तथा दाता सम्मान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

कपिलवस्तु सामुदायिक अस्पतालले शनिवार आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको छ । २०६४ सालमा स्थापित अस्पतालले विभीन्न चरणहरु पार गर्र्दै यस वर्ष दोस्रो साधारण सभा सम्पन्न गर्न सफल भएको हो ।

कार्यक्रममा अस्पताल विकास समितीले आफ्ना दाताहरुलाई सम्मान समेत गरेको छ । कार्यक्रममा अस्पतालका अध्यक्ष रामजि सेनले सामुदायिक अस्पतालका विभिन्न विषयहरु माथि प्रकाश पारेका थिए ।

कपिलवस्तु सामुदायिक अस्पतालका महासचिव पोमनारायण पौडेलले आर्थिक वर्षको वार्षिक प्रतिवेदन प्रसतुत गरेका थिए भने संस्थाका कोषाध्यक्ष रवि बहादुर काफ्लेले अािर्थक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संघिय सांसद तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य अत्तहर कमाल मुसलवानको प्रमुख आतिथ्यता , नेकपाका केन्द्रीय सदस्य डोर प्रसाद उपाध्याय , प्रदेसश सभा सदस्य विष्णु पन्थीको विशिष्ट आतिथ्यता ,नेकपा जिल्ला कमिटि अध्यक्ष झविलाल पोख्रेल , नेपालि काग्रेसका महासमिती सदस्य दर्गा सेन ,जिल्ला समन्वय समिती सहसंयोजक तारावति चौधरी , जेष्ट नागरिक लालमणि न्यौपाने ,पत्रकारहरु र विभीन्न क्षेत्रका प्रवुद्द व्यतिहरुको आतिथ्यता रहेको थियो ।

अस्पतालका उपाध्यक्ष दुर्गा केसिको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन महासचिव पोमनारायण पौडेलले गरेका थिए । कार्यक्रममा ५ सय बढिको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार