दाङको घोराहीमा रहेको सगरमाथा सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।
सिमेन्ट उद्योगमा काम गर्ने क्रममा शनिबार साँझ लडेर गम्भीर घाईते भएका भारत उत्तर प्रदेशका रमेश कुमार पट्रलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
टाउकोमा चोट लागेका पट्रलको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको हो ।








