कपिलवस्तुको बाणगंगा नगरपालिका बुङ्चिमा रहेको सुर्योदय सामाजिक विकास सस्थाले समुदायिक भवन र खेल मैदानको स्तर उन्नतिको लागि बृहत देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।
सामाजिक कार्यमा अग्रसर बन्दै आएको सुर्योदय सामाजिक विकास संस्थाले बृहत देउसी भैलोको आयोजना गरि सामुदायिक भवन र खेलमैदानको स्तर उन्नतिका लागि कार्यक्रमको आयोजना गरेको हो ।
देउसी भैलो खेलेर उठेको पैंसा सामाजिक काममा लगाए विकासले तिव्रता पाउने विश्वास लिएको सस्थाका अध्यक्ष सरोज सेनले वैखरी अनलाईन लाई बताए ।
कार्यक्रममा विभिन्न सास्कृतिक प्रस्तुतिहरु समेत राखिएको थियो ।