सुशिल गैरे कार्तिक २१ बिहीबार
कपिलवस्तु ग्रीन भिजन युवा क्लबले सेभेन ए साईड फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ
स्थानीय स्तरमा रहेका प्रतिभावान खेलाडीहरुको प्रतिभामा निखारता ल्याउन ग्रीन भिजन युवा क्लब नगर स्तरीय सेभेन ए साईड फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको हो शिवराज नगरपालिका भित्र क्षमतावान खेलाडीहरु भए पनि लामो समय देखि नगर पालिकामा ठुला प्रतियोगिताको आयोजना नहुदा निरासापन नछाओस भनी प्रतियोगिताको आयोजन गरीएको आयोजकले जानकारी दिएको छ ।
स्वास्थ्यका लागी मात्र नभई वडा नगर हुदै राष्ट्रको छवी उच्च राख्ने मा एउटा राम्रो माध्यम खेल भए पनि नगरपालिकाले खेल क्षेत्रलाई खासै चासो नदिएको आयोजकको गुनासो छ ।
२०७६ कार्तिक २२गते बिहान ७ बजे देखि साझ ७ बजे सम्म टीम दर्ता गर्न सकिने र प्रतियोगिताको बिजेताले नगद २५हजार कप मेडल उपबिजेताले १०हजार कप मेडल पाउने आयोजकले जानकारी दिएको छ