गृहपृष्ठ खेलकुद नव प्रभात क्लबको आयोजनामा भलिवल प्रतियोगिता सुरु ।

नव प्रभात क्लबको आयोजनामा भलिवल प्रतियोगिता सुरु ।

प्रकाशित मिति:

नवराज बेल्वासे कार्तिक २१
वैखरी अनलाइन
नव प्रभात युवा क्लब बाणगंगा ४ ठाकुरापुरको आयोजनामा एन.पि.सि.टि कप भलिवल प्रतियोगिताको आज एक कार्यक्रम विच भव्य उद्घाटन गरिएको छ ।

खेलका माध्यमबाट युवाहरू बिच भाइचाराको सम्बन्ध स्थापना गर्न र तराई क्षेत्रमा अन्य खेलको तुलनामा कम खेलिने भलिबल खेललाई जागरुप गराउने अभिप्रायले प्रतियोगिताको शुरूवात गरिएको हो ।

वाणगंगा नगरपालिका उपमेयर चक्रपाणि अर्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री , वडा सदस्यहरु लगायत स्थानीयहरूको उपस्थितिमा प्रतियोगिताको शुभारम्भ गरिएको हो ।

उद्घाटन शत्रमा बोल्दै उपमेयर अर्यालले भन्नुभयो खेल र खेलकुदले अनुशासित , लगनशिल हुन् मद्दत गर्दै गाउँ , समाज र रास्ट्रको नाम विश्व सामु चिनाउन सहयोग गर्ने हुँदा प्रतियोगिता आयोजना गरेकोमा क्लबलाई धन्यवाद दिदै प्रतियोगिता सफलताको शुभकामना दिनु भएको थियो ।

प्रतियोगितामा पाल्पा , स्याङ्जा , नवलपरासी , अर्घाखाँची , रुपन्देही , कपिलवस्तुका जिल्लाका गरी जम्मा १३ समुहले भाग लिएका छन् ।

आज भएको मैत्रीपुर्ण खेलमा आयोजकलाई हराउदै सितगंगा नगरपालिका अर्घाखाची विजयी भएको हो । भोलिबाट नकआउट चरणका खेलहरु हुने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार र खसी रहने छ भने द्धितिय पुरस्कार ३५ हजार , तृतिय पुरस्कार २० हजार र सान्त्वना पुरस्कार ५ हजार सहित सिल्ड , मेडल र प्रमाण पत्र रहने छ ।

क्लबका अध्यक्ष मिलन चालिसेको अध्यक्षता , खेल संयोजक खेम प्रसाद पौडेलको स्वागत मन्तव्य रहेको उद्घाटन शत्रको सञ्चालन उपाध्यक्ष पुरनचन्द्र मल्लले गर्नुभएको थियो ।

सम्बन्धित् समाचार