गृहपृष्ठ खबर रेडियो उद्घोषण तथा आधारभूत पत्रकारितामा किशोरीहरूको आकर्षण बढ्दै

रेडियो उद्घोषण तथा आधारभूत पत्रकारितामा किशोरीहरूको आकर्षण बढ्दै

सुशील  गैरे , बुद्धभूमि

कपिलवस्तु रेडियो उद्घोषण तथा आधारभूत पत्रकारीता तालिम जनकल्याण मा वि बुद्धभूमि नगरपालिका ९ बकुलीपुरमा आज सम्पन्न भएको छ ।
जागृति तथा आदर्श किशोरी संवाद क्लव चम्पापुरका ३२ जना किशोरीहरुको सहभागितामा आशा संजाल बुद्धभूमीनगरपालिका ९ कपिलवस्तुको आयोजनामा उक्त तालिम समपन्न भएको हो ।

स्ट्रोम फाउण्डेसन, किर्डाक नेपालको सहयोग , मेरो साथि एफ.एमको समन्वयमा तालिम सम्पन्न भएकोे हो । रेडियो तथा पत्रकारिता सम्बन्धि आधारभूत जानकारी , औपचारिक तथा अनौपचारिक कार्यक्रम संचालन ,समचार लेखन तथा वाचन लगाएतका विषयबस्तुमा तालिम दिर्ईएको प्रशिक्षक एवं मेरो साथि एफ.एमका प्रबन्ध निर्देशक चिन्ता परियारले जानकारी दिनु भयो ।

किशोरीहरुको नेतृत्व तथा व्यक्तित्व विकास सगै उनीहरुलाई बोल्ने सीप विकास गरी आगामाी दिनमा औपचारिक तथा अनौपचारिक कार्यक्रम संचालनका लागी पोख्त बनाउन सो तालिम संचालन गरीएको हो । साथै रेडियो कार्यक्रम संचालनका लागी तालिम प्रभावकारी रहेको किर्डाक नेपालका सामुदायिक विकास सहजकर्ता अमर वि क ले जानकारी दिनु भयो ।

सम्बन्धित् समाचार