गृहपृष्ठ खबर तार्केस्वर धामको धर्मशाला उदघाटन तथा भण्डारा कार्यक्रम सम्पन्न

तार्केस्वर धामको धर्मशाला उदघाटन तथा भण्डारा कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

वैखरी अनलाइन बुद्धभुमी, बुद्धभुमि १ पथर्कोटमा रहेको तार्केस्वर धामको धर्मशाला उदघाटन तथा भण्डारा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उदघाटन प्रमुख अथिति बुद्धभुमी नगर प्रमुख केशब कुमार श्रेस्ठले दिप प्रजोलन गरि गर्नु भएको थियो । बिहान 7 बजे बाट तारकेशोर बाबाको सम्झनामा रथमा मुर्ती राखि गाउँ परिक्रम गराइ 10 बजे औपचारिक कार्यक्रम सुरु गरिएको हो, उक्त औपचारीक कार्यक्रम मा नगर प्रमुख केशब कुमार श्रेस्ठ ज्युले धामको समग्र बिकास तथा सरक्षण गरि, यसलाई पर्यटकिय स्थलको रुपमा पर्बद्धन गर्नमा स्थानिय निकायले भुमिका निर्भाह गर्ने बताउनु भएको छ ,साथै वडा अध्यक्ष तेज बहादुर बस्नेतले पनि यश धामको सरक्षण तथा प्रवद्धनमा कुनै कसुर नछोड्ने बताउनु भयो र उहाले अफ्नो स्वोर्गिय आमाको सम्झना मा रु १,११,१११/- रुपैया अक्षयकोस स्थपना गर्ने घोसणा समेत गर्नु भएको छ । हाल सम्म यश धाममा 200 जना भन्दा बढी आजिवन सदस्यहरु रहेको धामका मुल समिती सयोजक हुमलाल गैरेले बताउनु भयो । 2070 सालमा भैलोखेलेर संकलन भएको पैसाले आजिवन सदस्य राख्न सुरुवात भएको स्थानिय मुल समिती स सचिव टंक प्रसाद भुसलले बताउनु भयो । हाल सम्म धामको दैनिकी पुजा खर्च उक्त आजिबन सदस्यहरुबाट उठेको ब्याज रकम बाट सन्चालन गरिएको मुल समितीका सचिव इन्द्रमणी बेल्बासे ज्युले बताउनु भयो ।
उक्त भन्डारा एवम समुदघाटन कार्यक्रममा २००० भन्दा बढी भक्तजनको सहभागी रहेको थियो ।

सम्बन्धित् समाचार