अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुद्धभुमि नपा २ गोरुसिहेमा कात्र्तिक २२ गते आयोजना गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाको परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रमका आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकारको सवालमा सहकार्य गर्र्ने प्रतिवद्धता रहेको बुद्धभुमि नपाका मेयर तथा प्रमुख अतिथी केशव कुमार श्रेष्ठ बताएका छन।
नेपालको संविधान ०७२ले ब्यावस्था गरेको मौलिकहक अन्तरगतका शिक्षा ,स्वास्थ्य ,खाध्य र आवासको अधिकार नागरिकलाई प्रत्याभुत गर्ने गरी आगामी दिनमा इन्सेक सगं सहकार्य गरेर अगाडी बढने मेयर श्रेष्ठले बताएका हुन ।
। यसै गरि वडा न २का वडा अध्यक्ष भेषराज खनालले इन्सेकको पहलमा यस बुद्धभुमि नगरपालिका मानवअधिकारका विषय शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयलाई प्राथमिकतामा राखेर कार्यक्रम संचालन गर्न लागेकोमा धन्यवाद दिदै वडा कार्यालयले मानवअधिकारका विषय बस्तुमा सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता ब्याक्त्त गरे । यस्तै वडा न ६का वडा अध्यक्ष नन्दलाल यादवले अधिकार विहीनहरुको आवाज उठानका लागी मानवअधिकार समुह गठन गरेकोमा धन्यवाद दिदै निश्पक्ष भएर काम गर्न सुझाव दिए । यस्तै वडा न १० का अध्यक्ष त्रिलोकी खरविन्द्रले इन्सेकले विगतमा गरेको कामको अनुभवले अवका दिनमा संचालन हुन लागेको परियोजना सफलता पुर्बक संचालन हुने कुरामा आफु विश्वस्त रहेको भन्दै आफ्नो वडाले पनि सहकार्य गरेर अगाडी बढने बताए ।
यस्तै स्वास्थ्य शाखा प्रतिनिधि गोकण अर्यालले नागरिकको स्वास्थको अधिकार सुनिश्चीत गर्न मानवअधिकार समुह सगं समन्वय गर्ने र सहयोग गर्ने प्रतिबद्धता जनाए । यस्तै कृषि शाखा प्रतिनिधि देविराम बेलवासे ,महिला तथा बालबालिका शाखाकी द्धगौरा शर्मा पशु सेवा शाखाकी अन्जु आर्चाय , कृषि सहकारी संस्था लिमिटेडका उपाध्यक्ष चुरामणी पोखरेल ,जिल्ला स्थित मानवअधिकार निगरानी समुह सदस्य कस्तुरा सिक्देल, पत्रकार जानु पाण्डे लगाएतले परियोजना कार्यन्वयन र मानवअधिकार समुहको सफलताको शुभकामना दिदै सहकार्य र समन्य गर्ने प्रतिबद्धता जनाएका थिए । ।
परिचायत्मक बैठक तथा मानवअधिकार समुह गठन बैठकले बुद्धभुमि क्यापसका क्यापस प्रमुख कृष्ण खनाल अध्यक्ष रहेको १३ सदस्य मानव अधिकार समुह बुद्धभुमि गठन भएको छ । जसको उपाध्यक्षमा समाजसेवि राधा बन्जाडे , सचिवमा युवा समाजसेवि रुपक खनाल सहसचिवमा सामाजिक षेत्रमा कृयासिल सुमित्रा भट्टराई कोषाध्यक्षमा विनिता भद्धुसाल रहेका छन । यसै गरि सदस्यमा प्रविण विश्वकर्मा ,प्रदिप खनाल , उमनाथ यादव ,पार्वती थारु , महेन्द्र खनाल ,सुनिता बेलवासे ,निर्मला बढई रहेका छन ।
कार्यक्रम पुर्व मानवअधिकार निगरानी समुह बुद्धभुमिका संयोजक कृष्ण प्रसाद खनालको अध्यक्षता इन्सेक प्रतिनिधि पार्वती आचार्चको स्वागतमा सम्पन्न भएको थियो । समग्र कार्यक्रमको सहजिकरण परियोजनाको परिचय तथा इन्सेकले विगतमा गरेका महत्वपुर्ण कार्यहरुको विवरण इन्सेक सहजकर्ता नन्दराम पौडेलको प्रस्तुत गरेका थिए । कार्यक्रममा बुद्धभुमि नपाका १० ओटै वडाका करिव ४५ जना बढीको सहभागीता रहेको थियो