गृहपृष्ठ खबर सेनानी संघ कपिलवस्तुका सभापति कुवँरको अन्त्यष्टि

सेनानी संघ कपिलवस्तुका सभापति कुवँरको अन्त्यष्टि

प्रकाशित मिति:

स्वतन्त्र सेनानी संघ कपिलवस्तुका सभापति नन्दबहादुर कुवँरको आज लक्ष्मणघाटमा अन्त्यष्टि गरिएको छ । ८६ वर्षको उमेरमा उहाँको निधन भएको थियो । स्वर्गीय कुवँरको अन्तिम शर्दान्जली गर्ने क्रममा उहाँको जीवनी बारे पनि प्रकाश पारिएको थियो ।
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपाकिा वडा नम्बर ९ भर्तापुर निवासी कुवँरको जन्म वि. सं. १९९० पौष २७ गते काठमाडौमा भएको थियो ।

हजारौँको संख्यामा नगारिकहरुको सहभागितामा उहाँको बुधबार बिहान लक्ष्मणघाटमा हिन्दु परम्परा अनुसार अन्तिम सस्कार गरिएको छ । उहाँको अन्त्यष्टिका लागि नेपाली कागं्रेसका केन्द्रिय सदस्य अत्तहर कमाल मुसलमान, पुर्व केन्द्रिय सदस्य दिपकुमार उपाध्याय, जिल्ला पार्टी सभापति सुरेन्द्रराज आचार्य सहित नेपाली कागं्रेस सम्बद्ध विभिन्न कार्यक्रताहरु तथा जिल्लाका अन्य राजनैतिक दलका नेता कार्यक्रताहरुको उपस्थिति रहेको थियो । त्यस्तै वाणगंगा नगरपालिका भित्रका जनप्रनिधिहरु, विभिन्न विद्यालयका शिक्षक तथा प्रध्यापकहरु, उद्योगी व्यवसायी, संचारकर्मी तथा पत्रकार लगाएतको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार