कपिलवस्तु बुद्धभुमि नगरपालिका वडा नंं १ मा आज बाट ३ दिने रेडियो उद्ध्घोषण तथा पत्रकारिता तालीम सुरु भएको छ ।
चेलि कृर्षि सहकारी संस्थाको आयोजना र आफन्त नेपालको सहयोगमा उक्त तालिम वडा नंं १ को टिक्करमा सुरु भएको हो । विभिन्न किशोरी संवाद केन्द्रका २५ जना किशोरी हरु सहभागी रहेको तालिमबाट उनिहरुको नेतृत्व ब्यक्तित्व विकासका लागी तालिम संचालन गरिएको आफन्त नेपालका जिल्ला संयोजक केशर विश्वकर्माले जानकारी दिनु भयो । हामीले किशोरीहरुमा पत्रकारीता समबन्धि ज्ञान संगै बोल्ने सीप बिकासका लागी तालिम आयोजना गरेका हौ संंयोजक विश्वकर्माले भन्नु भयो ।
अरुणा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी बुद्धभुमि नगरपालिका वडा नंं १ का वडा अध्यक्ष तेज बहादुर बस्नेतले तालिम प्रभावकारी रहने विश्वास ब्यक्त गर्नु भयो । यो वडाका विविध विषय छन जो संचार माध्यममा कमै आउने गर्छन यहाँ पर्यटकिय स्थलबारे प्रचार प्रसार भएको छैन त्यसैले पनि स्थानिय संचारक्रमी उत्पादन होस र ति विषयले संचारमा स्थान पाओस अध्यक्ष बस्नेतले भन्नु भयो ।
तिन दिन सम्म संचालन हुने तालिम मेरो साथी एफ एमका प्रबन्ध निर्देशक चिन्ता परियार र संचारक्रमी रक्षा पौडेलले सहजीकरण गर्नू भएको छ । कार्यक्रममा वडा नंं १ का वडा अध्यक्ष तेज बहादुर बस्नेत , आफन्त नेपालका जिल्ला संयोजक केशर विश्कर्मा , रेडियो मेरो साथीका प्रबन्ध निर्देशक चिन्ता परियार लगायतको उपस्थिती रहेको कार्यक्रम बिष्णु पौडेलको संचालनमा संपन्न भएको हो ।
रेडियो उद्घोषण तथा पत्रकारिता तालिम सुरु
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैजीप दुर्घटना : दुई मजदुरको मृत्यु, अर्का एक घाइते
३६ मिनेट अघि
रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगियो
३९ मिनेट अघि
एम्बाप्पे चुक्दा रियाल पराजित
४७ मिनेट अघि