इलाका प्रहरी कार्यालय भण्डाराले स्वचालित पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरीका ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन्। उनीहरुलाई राप्ती नगरपालिका–६ हर्दीबाट आज बिहान २ बजे पक्राउ गरिएको हो। बा ८५ प ८०८४ नंको मोटरसाइकलमा आएका उनीहरु शङ्कास्पदरूपमा हिँडिरहेको अवस्थामा गस्तीमा रहेको प्रहरी टोलीले जाँच गर्दा मेड इन युएसए लेखिएको पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवन जनाएको छ।
पेस्तोलसहित दुई जना पक्राउ
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैरूसको आक्रमणबाट युक्रेनमा कम्तीमा ३२ जनाको मृत्यु
१२ घण्टा अघि
ऋण तिर्न अर्को ऋण लिँदै सरकार
१२ घण्टा अघि








