गृहपृष्ठ Featured एघारौं कपिलवस्तु महोत्सव कस्तो हुँदै छ ? निर्देशक दिनेश क्षेत्रि

एघारौं कपिलवस्तु महोत्सव कस्तो हुँदै छ ? निर्देशक दिनेश क्षेत्रि

बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा यही मसिंर १९ गतेबाट एघारौ कपिलवस्तु महोत्सव सञ्चालन हुने भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका चारनम्बरमा रहेको बुुद्ध रगंशालामा एघारौं कपिलवस्तु महोत्सव सञ्चालन हुन लागेको हो । “युवा क्षमतामा अभिबृद्धि , कृषि र पर्यटनमा समृद्धि ” भन्ने नाराका साथ एघराैं कपिलवस्तु महोत्सव लाग्न थालेको हो । विगतका वर्षहरुमा भन्दा यस वर्षको एघारौं महोत्सव पृथक खालको हुने निर्देशक वुद्धि बहादुर रोकाहा दिनेश क्षेत्रिले अनलाईनलाई जानाकारी दिए । निर्देशक वुद्धि बहादुर रोकाहा दिनेश क्षेत्रिले वैखरी अनलाईनका सहसम्पादक हरि घिमिरे संग गरेको कुराकानि ।

१, एघारौं कपिलवस्तु महोत्सवमा आफनो निर्देशकको जिम्मेवारी कसरी निभाउँदै हुनुहुन्छ ?

कपिलवस्तु महोत्सव जिल्लामै सफल महोत्सवको रुपमा पहिचान बनिसकेको छ । मैले दोस्रो पटक , कपिलवस्तु महोत्सवको निर्देशकको रुपमा जिम्मेवारी निर्वाह गर्न लागेको छु । मलाई लाग्छ मैले आफनो जिम्मेवारी सफल र प्रभावकारी रुपमा निर्वाह गरेको छु हालसम्मको अनुभवमा । यद्यपी यो जिम्मेवारी कठिन र चुनौतीपूर्ण हो तर पनि मैले चुनौतीमै अवसर पनि हुन्छ भन्ने बुझेको छु ।देशको विद्यमान परिस्थीति लाई हेर्दा कठिन र चुनैतिहरुका विचमा कपिलवस्तु महोत्सव लाई भव्यताका साथ सफल बनाउने लक्ष्य अगाडि सारेको छु । यसमा सम्पूर्ण राजनीतिक दल, सरोकारवाला सवैलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।

२, एघारौं कपिलवस्तु महोत्सव सफल बनाउन के कस्ता कार्य अघि बढाउनु भएको छ ?

महोत्सव संचालनमा अनेकौं किसिमका चुनौती र कठिनाईको सामना गर्नुपर्छ र पनि महोत्सव सफल बनाउन सबैको सहयोग र साथ जुटेको छ । विभिन्न निकाय, राजनैतिक दल, संघसंस्था, उद्योगी, व्यापारी, शैक्षिक संस्था, वित्तिय संस्था एवं प्रभुत्व व्यक्तित्वसँग सम्पर्क समन्वय गरेका छौं । महोत्सव सफल बनाउन सल्लाहकार सदस्य, विभिन्न समिति, उपसमिति गठनगरी सोही अनुसारको कार्यविभाजन गरेका छौं र सबै समितिका संयोजक तथा सदस्यहरुले निकै लगनशीलताका साथ आ–आफ्नो जिम्मेवारी निभाउनु भएको छ । महोत्सवलाई प्रविधीमय बनाउन लागिपरेका छौं । महोत्सवमा दर्शकहरुका लागि ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति, बालउद्यान, झुला, मौतका कुँवा लगायत भरपूर मनोरञ्जनको व्यवस्था, सेवाग्राहीको सेवासुविधाका लागि मोबाइल टावर, शान्ति सुरक्षालाई व्यवस्थित बनाउन सीसी क्यामेराको समेत व्यवस्था गरेका छौं । यस्तै स्थानीय उत्पादन, शैक्षिक प्रदर्शनी र पर्यटन प्रवद्र्धन सम्बन्धी प्रदर्शनीको पूर्ण तयारीमा जुटेका छौं ।

३, कति दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा लिनुभएको छ र कतिको कारोवार हुने आँकलन गर्नु भएको छ ?

महोत्सवमा करीब १ लाख भन्दा बढि दर्शक भित्र्याउने हाम्रो अपेक्षा रहेको छ । महोत्सवको मुख्य प्रायोजक, सह प्रायोजक, प्रायोजक, सहयोगी निकाय तथा स्टलहरुबाट आर्थिक संकलन र व्यवस्थापन गर्ने योजना गरिसकेका छौं । हामी जिसस कपिलवस्तु, नगरपालिका र स्थानीय संघसंस्थाहरु संग सहकार्य र सहयोगमा महोत्सव लाई सफल बनाउने तयारि गरेका छौ । साथै विभिन्न स्थानमा टिकट विक्री, पास वितरण, डान्स आइडल लगायतबाट करीब १ करोड भन्दा बढिको कारोबार हुने हामीले अनुमान गरेका छौं ।

४, महोत्सव संचालनका लागि बजेटको ब्यवस्थापन कसरी गर्नु भएको छ ?

महोत्सव संचालन गर्न तत्कालका लागि विभिन्न पदाधिकारीको सहयोगबाट बजेटको व्यवस्थापन गरेका छौं । महोत्सव सफल बनाउन प्रायोजक, टिकट विक्री, स्टल बुकिङ, बाल उद्यान लगायतबाट व्यवस्थापन गरिनेछ ।

५, महोत्सवमा संचार माध्यमसंगको सहकार्य र सहयोगको अपेक्षा के गर्नुभएको छ ?

महोत्सव सफल बनाउन संचार माध्यमको भूमिका प्रमुख रहन्छ । संचार माध्यमलाई महोत्सवकै मिडिया पार्टनरको रुपमा सहयात्री संस्थाको रुपमा हेरेका छौं । हाम्रा हरेक कार्यक्रम, महोत्सव संग सम्वन्धित गतिविधीको समाचार, रिपोर्ट र दर्शकहरुको भनाई बारे मिडियामा समेट्नुहुनेछ भन्ने विश्वास छ । हाम्रो सचिवालय, विषयगत उपसमिति र कपिलवस्तु डान्स आइडलको प्रचार प्रसारमा विशेष मिडिया कभरेज हुनुपर्दछ भन्ने लाग्छ । महोत्सवको रिपोर्टिङका लागि आउने संचारकर्मीहरुलाई महोत्सव प्रवेशका लागि संचारमाध्यममा कार्यरत आफ्नै परिचय पत्र देखाएमा सजिलै प्रवेश गर्न सकिनेछ ।

सम्बन्धित् समाचार