“सफा पानी सफा बानी, सहयोग पु¥याउने भुपु सैनिक खानेपानी” भन्ने मूलनाराका साथ बाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले पाँचौ बार्षिक साधारण सभा एक कार्यक्रमका बिच सम्पन्न गरेको छ । सस्थालाई दीगो रुपमा संचालन गरि समुदायको बिकासमा अभिन्न अंगको रुपमा लाएक बनाउन र दीगो रुप दिनको लागि योजनालाई मूलमन्त्रको रुपमा अगाडि बढाईएको संस्थाले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद बिष्णु पन्थीले बाणगंगा नगरपालिकालाई पर्यटकिय नगर बनाउन शुद्ध खानेपानीको महत्वपुर्ण भुमिका रहने बताएका छन् । बाणगंगा र गजेहडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पाँचौ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै पन्थीले यस्तो बताएका हुन । लुम्बिनी ,जग्दिश्पुर ताल लगायतका पर्यटकिय क्षेत्रलाई व्यवासयीक रुपमा प्रयोग गर्न सकेमा बणगंगा नगरपालिकालाई उत्कृष्ट नगर बनाउन सकिने पन्थीले बताए । जीबनमा पानीको धरै महत्व रहेको बताउँदै यस नगरलाई स्वथ्य बनाउनका लागि सरसफाईमा समेत उत्तिकै महत्व रहेको प्रष्ट पारेका थिए ।
सस्थाका अध्यक्ष राजेन्द्र बिक्रम शाहको अध्यक्षतामा भएको कार्यक्रममा सचिब कृष्ण बहादुर शाहीले बार्षिक प्रगति प्रतिबेदन ,कोषाध्यक्ष राममाया रानाले २०७५÷७६ को रु ८ लाख ६३ हजार ९ सय ४० अम्दानी र रु २० लाख ४४ हजार ३ सय २५ आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । यस्तै रुपन्देही खानेपानीका सब इन्जिनियर केदार न्यौपाने ,सल्लहाकार द्रोणराज सुवेदी ,नन्दकिशोर शुक्ला ,गजेहडा हाटबाजर समितिका अध्क्षय गोबिन्द ज्ञवाली ,मानब अधिकारकर्मी चेतना अधिकारी ,अनुगमन समितिका संयोजक बालाराम ज्ञवाली लगायतले बोल्दै खानेपानी समितिले उदाहरणीय काम गरेकोमा प्रशंस व्यक्त गरेका थिए ।
आगामी दिनमा बाणगंगा खानेपानी समितिले बाणगंगा नगरपालिकाको सबै वडामा शुद्ध खानेपानी बिस्तार गरिनु पर्ने सुझाव समेत दिएका थिए । उपाध्यक्ष झलक बहादुर मल्लको स्वागतमा भएको कार्यक्रममा समितिका ५ जना कर्मचारी तथा पदाधिकारीहरुलाई सम्मन समेत गरेको छ । कार्यक्रममा सल्लाहकार , बिभिन्न सघं सस्थंका पदाधिकारी तथा खानेपानी उपभोक्ताहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।