गृहपृष्ठ Featured देउसी खेलेकोे रकम बनभोजमा स्वाहा

देउसी खेलेकोे रकम बनभोजमा स्वाहा

प्रकाशित मिति:

देउसी भैलौ सकिए लगत्तै त्यसबाट उठेको रकम स्वाहा गर्ने समुह पिकनिक तथा बनभोज जान थालेका छन । देउसी भैलो खेलेर उठेको रकमबाट बनभोज खान जानेहरु अहिले दिनहु बढे पछि देउसीको रकम बनभोज खादा स्वाहा हुने भएको हो । साना उमेरका बालबालीकाहरु देखि सबै वर्ग उमेरका ब्यतिmहरु यती बेला बनभोज बढि गई रहेको पाइएको हो । देउसी भैलो खेली उठेको रकम बनभोज गई स्वाहा गर्ने अहिले चलन जस्तै भईसकेको छ ।

साना उमेरका बालबालिका तथा युवा युवतीहरु बिशेष गरेर बनभोज खान तथा घुम्न जानकै लागी देउसी भैलो खेल्ने गरेका छन । अझ पछिल्लो समय सामाजिक कार्य गर्ने भन्दै देउसी भैलो खेल्ने तर सामाजिक कार्यमा एक रुपैया पनि खर्च नगरी बनभोज जाने गरेको पनि पाइएको छ । सामाजिक कार्य भनि देउसी खेल्नाले धैरे रकम उठने भएकाले पनि सामाजिक कार्य गर्ने भन्दै देउसी खेल्नेको अहिले लहरनै चलेको छ ।
गाउघर तथा टोलका बालबालिका तथा युवायुवतीहरु मिलेर समुह बनाई देउसी भैलो खेल्ने र त्यसबाट उठेको रकमबाट बनभोज खान जाने गरेका छन । बनभोज जान पैसाको अभाव नहोस भन्नका लागी देउसी भैलौ खेल्ने प्रचलन समाजमा बढि रहेको छ । देउसी भैलोबाट उठेको रकममा केही थप रकम उठाई आन्तरीक पर्यटकीय क्षेत्रमा अवलोकन गर्न जाने क्रम पनि उत्तीकै रहेको छ । देउसीभैलो खेलेर उठाइएको रकम घुम्न जान अपुग हुने हुदा उनीहरुले भैलो खेल्ने सबैबाट रकम उठाई घुम्न जाने गरेका छन ।

गाउ घरमा रहेका आमा समुहहरु प्नि आप्mनै क्षेत्रमा देउसी भैलो खेली त्यसबाट उठेको रकमबाट बनभोज जाने गरेका छन । तिहार मनाउन सहर तथा बिदेशबाट आएका नेपालीहरु पनि देउसी भैलो खेल्ने र उनीहरु चाडैनै बिदेश तथा शहर फकर्ने हुदा देउसी भैलो खेले लगत्तै बनभोज जानेको सख्यामा पनि बद्धि भएको समाजसेबि दोलक राम घिमिरेले बताए ।भैलो खेल्छन कोही कता त कोही कता जानुपर्ने भएकाले देउसी भैलो खेले लगत्तै बनभोज जाने बढि गरेको उनले बताए ।

गाउघर छेउमा रहेको राम्रो ठाउ तथा नजिक पर्ने पर्यटकीय स्थलमा यतीबेला बनभोज खान जाने बढेका छन । कपिलवस्तु जिल्लाको बाणगंगा २ बैजलपुरमा रहेको सुपा देउराली मन्दीर, राजापानी, ढिकुरी, ओसनघाट, लक्ष्मणघाट, जग्दीशपुर क्षेत्रमा बनभोज खाने अहिले दिनहु बढि रहेका छन । जिल्लाका युवायुवतीहरु भने जिल्ला बाहिर जान मन पराउने हुदा उनीहरु बिशेष गरेर रुपन्देही, पाल्पा, नवलपरासी, दाङ क्षेत्रमा बनभोज खान जाने गरेका छन । जसका कारण यो समय आन्तरीक रुपमा घुम्न जानेको सख्यामा बृद्धि समेत भएको छ । अनाथ असहाय बालबालिका सहयोग, भवन निमार्ण , भौतिक संरचना मर्मतका नाममा देउसी भैलो खेल्नेहरु पनि त्यसबाट उठेको केही रकमबाट बनभोज जाने गरेका समेत पाइएको समाजसेवि उमानाथ पौडेलले बताए । सामाजिक काम गर्ने भनी देउसी भैलो खेल्ने अनि उठेको सबै रकम बनभोज खाएरै सक्नेहरुको समुह पनि बढिनै रहेको समाजसेवि पौडेलले बताए ।

सम्बन्धित् समाचार