नेपाल रेडक्रस सोसाइटी पर्रोहा उपशाखाको आयोजनामा डेंगु रोग सम्बन्धि एक दिने विद्यालय स्तरीय सचेतना कार्यक्रम मुर्गियामा सम्पन्न भएको छ ।

विगतका वर्षमा भन्दा यस वर्षमा डेंगु रोगको प्रकोप अत्याधिक मात्रामा बृद्धि हुँदा समस्या आइरहेको र रगतको अभावका कारण विरामीहरुलाई समस्या परेकोले विरामी लाग्नु भन्दा विरामी हुनु पूर्व सचेत हुनु पर्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सैनामैना नगरपालिका वडा नं ४ का वडा अध्यक्ष धनबहादुर कार्कीले बताए । आफू पनि डेंगुको संक्रमणमा परि अहिले उपचार भैरहेको बताउँदै डेंगुका लक्षण र यसबाट सचेत रहने उपाय तथा अनुभवका बारेमा जानकारी दिएका थिए ।
त्यसै गरी कार्यक्रममा पर्रोहा हेल्थपोष्टकी अहेव विष्णु खड्काले डेंगु रोग सर्ने तरिका र यसबाट बच्ने उपायका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिएकि थिईन । त्यस्तै कार्यक्रममा मुर्गिया खानेपानी संस्थानका अध्यक्ष शालिकराम भण्डारीले विभिन्न रोगको कारण र त्यसको उपयोग भएको कारण खाने पानी भएकाले खाने पानी संस्थानले स्वास्थ्य सम्बन्धि कार्यक्रम मार्फत सचेतना कार्यक्रम गर्दै आएको र आगामी दिनमा सहयोगका लागि सदैव संस्थान तयार रहेको बताए ।
कार्यक्रममा उपशाखाका १३ वटा सर्कलका शिक्षक नायक, सह शिक्षक नायक, विद्यार्थीहरु, उपशाखाका पदाधिकारी, खाने पानी संस्थान मुर्गियाका कर्मचारी लगायतको उपस्थित रहेको थियो । कार्यक्रम नेपाल रेडक्रस सर्कलका सभापति लोकनाथ अधिकारी अध्यक्षता, सैनामैना नगरपालिका वडा नं ४ का वडा अध्यक्ष धनबहादुर कार्कीको प्रमुख आतिथ्यता, पर्रोहा हेल्थपोष्टकी अहेव विष्णु खड्काको विशिष्ट आतिथ्यता, जुनियर तथा युवा परिचालन संयोजक दिनेश पौडेलको स्वागत तथा सचिव कृष्ण कंडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको प्रेस संयोजक माधव ज्ञवालीले जानकारी दिए ।








