गृहपृष्ठ Featured जिल्ला खेलकुद विकास समिति कपिलवस्तुको कार्यालय बाणगंगामा

जिल्ला खेलकुद विकास समिति कपिलवस्तुको कार्यालय बाणगंगामा

जिल्ला खेलकुद विकास समिति कपिलवस्तुको कार्यालय बाणगंगामा सरेको छ । तौलिहवाको पुरानो कभर्डहलमा संचालन हुँदै आएको जिल्ला खेलकुद विकास समिति कपिलवस्तुको कार्यालय बाणगंगा नगरपालिका वडा न. ८ को मायादेवी रंगशालामा राष्ट्रिय खेलकुद परिषद् बाट निर्माण भएको आफ्नै भवनमा स्थानान्तरण भई आएको हो ।

तौलिहवामा भन्दा बाणगंगामा कार्यालय  सार्न उपयुक्त भएकाले राष्ट्रिय खेलकुद परिषद्को मिति २०७६ /०६/०२ गते बसेको सदस्य सचिव स्तरीय निर्णयले कार्यसन्चालनका लागी स्वीकृत दिएको छ ।

 

कार्यालयको सम्पुर्ण व्यवस्थापन भैसकेको र छिटै भवनको भव्य उद्घाटन हुने अध्यक्ष छवि रेश्मीले वैखरी अनलाइनलाई जानकारी दिए ।

कार्यालय  बाट हुने सम्पूर्ण  प्रशासनीक काम बाणगंगाको नयाँ कार्यालय बाट हुने कार्यालय प्रमुख मिन प्रसाद पाख्रेलले जनाए ।

सम्बन्धित् समाचार