गृहपृष्ठ खबर कञ्चन गाँउपालिकामा पुर्ण सरसफाइ अभियान

कञ्चन गाँउपालिकामा पुर्ण सरसफाइ अभियान

प्रकाशित मिति:

रुपन्देहीको कञ्चन गाँउपालिकामा “पुर्ण सरसफाइ कन्चनको अभियान, स्वच्छ वातावरण हाम्रो स्वाभिमान“ भन्ने मुल नाराका साथ शुरु गरिएको पुर्ण सरसफाइको निरन्तर अभियान आज पनि गरिएको छ । गाउँपालिका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले सरसफाई कार्यक्रमको शुरुवात गर्दै कन्चनलाई हराभरा बनाउन सबैले मिलेर आफ्नो वरपर सफा राख्नुपर्नेमा जोड दिनु भएको छ ।

उहाँले कन्चनलाई सफा र हराभरा बनाउन सके पर्यटन  प्रर्बद्धन गर्न सकिने बताउँदै आफ्नो घरबाट निस्किएका फोहोरमैला मध्य सड्ने र नसड्ने छुट्याई व्यवस्थित गर्न आग्रह गर्नु भएको छ । अध्यक्ष क्षेत्रीले सहरीकरण हुँदै गरेको प्रत्येक बस्तिमा पैसा  उठाई कर्मचारी व्यवस्थापन गर्ने बताउनुहुदै कञ्चनको थकालिचोक र धौलागिरी टोल विकास समितिले नियमित गरेको सरसफाइको प्रसंशा गर्दै पुरस्कृत गर्ने घोषणा समेत गर्नु भएको थियो ।

सरसफाइ कार्यक्रममा रुद्रपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दिनानाथ आचार्यले आफ्नो वरपर गाउँठाउँ सफा राख्यौ भने विभिन्न सरुवा रोगबाट पनि वच्न सकिने बताउँदै सबैले सरसफाइ कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियोे । सरसफाइ अभियानमा जनप्रतिनिधि, विभिन्न संघ(संस्थाका प्रमुख तथा प्रतिनिधि, आमासमुह, क्लब, समाजसेवी, मार्सल आर्ट्सका भाईबहिनीहरु, पत्रकार , प्रहरी लगायतको उपस्थिति रहेको थियो।

कार्यपालिका सदस्य गोपाल विश्वकर्माको नेतृत्वमा भएको सरसफाईको निरन्तर अभियान कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य लक्ष्मी परियारले गर्नु भएको थियो । गाउँपालिकाले प्रत्येक महिनाको पहिलो शनिबार प्रत्येक चोक प्रत्येक टोल टोलमा सरसफाइ कार्यक्रम गर्दैगराउदै आएको छ ।

सम्बन्धित् समाचार