सैनामैना नगपालिका भित्र रहेका विद्यालयहरुमा एक हप्ता भित्र जंकफुड निषेध गरिने सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीले बताउनु भएको छ । सामुदायिक विद्यालयहरुमा विद्यर्थीहरुका लागि खाजा खाने टिफिन वितरण गर्दै उहांले सो कुरा बताउनु भएको हो । उहांले भन्नु भयो “नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा जंकफुड निषेधका लागि एक हप्ता भित्र सम्पुर्ण विद्यालयहरुमा निर्देशन, सचेतनामुलक कार्यक्रम गरिने र त्यस पश्चत नियमित अनुगमन गरिने छ ।” नगरपालिकाको शिक्षा शाखा मर्फत नगरपालिकाले अनुगमन गर्ने उहाँले बताउनु भयो । , “ नगरपालिकाको शिक्षा शाखा मार्फत, राजनितिक दल, वडा अध्यक्ष, जनप्रतिनिधि, शिक्षक, अभिभवाक, नागरिक समाज पत्रकार लगायतको सहभगितामा प्रभावकारी अनुगमन गर्ने छौं ।”
उहाँले भन्नु भयो । जंकफुडले विद्यार्थीहरुको स्वस्थ्यमा ठुलो असर पर्ने हुंदा जंक फुड कडाईका साथ पुर्णरुपले निषेध गर्नुु पर्ने कुरा उहाँले बताउनु भयो । विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधारका लागि संघिय सरकार, प्रदेश तथा स्थानिय सरकारको सहयोगमा भौतिक संरचना निर्माण भैरहेको कुरा बताउदै , विद्यालयहरुमा स्वाच्छ खानेपानीको ब्यवास्था, छात्रा विद्यार्थीहरुका लागि सेनेटरी प्याडको ब्यवास्था गरिने समेत उहाँले बताउनु भयो । सैनामैनामा शिक्षाको गुणस्तर सुधार गर्न नगरपालिकाले समय समयमा विभिन्न खालका कार्यक्रम तालिम , निति नियम निर्माण, भौतिक तथा आर्थिक लागानी गरिरहेको कुरा शिक्षा शाखा प्रमुख हेमराज अर्यालले बताउनु भयो । सैनामैना नगरपालिकामा १८ वटा सामुदायिक र १८ ओटा संस्थागत विद्यालय रहेका छन् ।
सामुदायिक विद्यालयहरुलाई खाजाखाने टिफिन वितरण सैनामैना नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुलाई आज आइतबार एक कार्यक्रमका विच विद्यार्थीहरुलाई खाजा खाने टिफिन वितरण गरिएको छ । सैनामैना नगरपालिकाको जंकफुड निषेध गर्ने कार्यक्रम अन्र्तरगत विद्यार्थीहरुले खाजा खाने टिफिन विद्यालयहरुलाई हस्तन्तरण गरिएको हो । सैनामैना नगरपालिकामा रहेका १८ ओटा सामुदायिक विद्यालयहरुलाई टिफिन हस्तन्तरण गरिएको छ । सैनामैना नगरपालिकाको कार्यलय परिसरमा एक कार्यक्रमको अयोजना गरि विद्यालयहरुलाई कुल २ हजार ९ सय ५ थान टिफिन वितरण गरिएको थियो । टिफिन वितरण कार्यक्रममा सैनामैना नगर प्रमुख चित्रबहादुर कार्की, उपप्रमुख विना राना, शिक्षा शाखा प्रमुख हेमराज अर्याल, रामापुर माविका प्राचर्य कृष्ण प्रसाद पौडेल, जनचेतना माविका अध्यक्ष निरबहादुर पुलामी, जनकल्याण माविका अध्यक्ष बुद्धिराम चौधरी लागाएतले सैनामैनाको शिक्षा को गुणस्तरमा जोड दिनु पर्ने कुरा बताउनु भयो ।