घण्टौको मन्तव्य र स्टेजको तामझाम बिनै पनी कार्यक्रम सम्पन्न हुन्छन् भन्ने उदाहरण वाणगगा नगरपालीका वडा नम्वर ८ वडा कार्यलय बोडगाउँले पुष्टि गरेको छ । वडा कार्यालयको एक कोठामा ३० मिनेटमा ३ वटा कार्यक्रम सम्पन्न गरेको छ ।
छोटो समयमा सम्पन्न तिन कार्यक्रम हुन नौमति बाजा वितरण , मगर पञ्चेवाजा समुहलाई पोशाक , ह्विल चियर वितरण कार्यक्रम सम्पन्न गरेको हो । पञ्चेबाजा संरक्षण समिति मधुवनलाई नौमति बाजा वितरण गर्दै वडा अध्यक्ष गुणानिधि भुषालले सरक्षण गर्न लक्षित समुदाय अन्र्तगत नितान्त गरिब वर्ग जो सगं परम्परागत सिप छ ,उनीहरुको जिविकोपार्जनमा सहयोग पुगोस भन्ने उद्धेश्यले बाजा वितरण गरेको बताउनुभयो ।
त्यस्तै बाजा लिदैँ नौमति बाजा संरक्षण समिति सयोजक देवकला सुनारले उपलव्ध बाजालाई सहि सदुपयोग गरि संस्कृति संरक्षणमा टेवा पुयाउने ,नयाँ पुस्तालाई सिप सिकाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । त्यस्तै वडाका ७ जना फरक क्षमता भएका व्यक्तिलाई हिवल चियर वितरण गरिएको छ । फरक क्षमता भएका व्यक्ति पनी सामान्य व्यक्ति सरह जिवन जिउन सक्ने , अवसरबाट बञ्चित हुनुनपर्ने उद्धेश्यले सो कार्यक्रमको आयोजना गरेको अध्यक्ष भुषालले बताउनुभयो ।
फरक क्षमता भएका व्यक्तिलाई परिवार ,समाज,राष्ट्ले हौशला दिदैँ अवसरबाट बञ्चित नगराउन आफु र आफनो वर्डा सदैव तयार रहेको बताउनुभएको छ । सस्कृत संरक्षणमा प्रोत्साहन गर्न मगर पञ्चेवाजा समुहलाई पोशाक वितरण गरिएको छ । वडा नंं ८ का मगर समुहलाई सर्ट ,पाईन्ट ,आस्कोट ,टोपि , जुत्ता गरि ११ सेट पोशाक वितरण गरेको हो । वडा अध्यक्ष भुषालको अध्यक्ष्ता ,वडा सचिव तेजराज अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा वडा नं. ८ का वर्डा सदस्य शिव प्रसाद पाण्डे , नाथुराम थारु ,कार्यपालीका सदस्य पुर्णकला सुनार ,नेकपा वडा अध्यक्ष प्रेम विक ,नेकपा जिल्ला सचिवालय सदस्य नारायण भुषाल ,दलित सञ्जाल प्रतिनिधि लक्ष्मण रणपाल ,टोल विकास समितिका अध्यक्ष रामप्रसाद घिमिरे लगाएतको उपस्थिति रहेको थियो ।