गृहपृष्ठ Featured संस्कृति जोगाउन बाणगंगा नगरपालिका वडा न.२मा पन्चे बाजा प्रदान

संस्कृति जोगाउन बाणगंगा नगरपालिका वडा न.२मा पन्चे बाजा प्रदान

प्रकाशित मिति:

बाणगंगा नगरपालिका वडा न. २ ले एक कार्यक्रमका बिच शिव शम्भु नैमति बाजा समुह लाई पन्चे बाजा प्रदान गरेको छ । वडाले हराउँदै गएको संस्कृति र पहिचान बचाउनका लागी वडा भित्रकौ बाजा समुह लाई पन्चे बाजा दिएको हो ।

आफुहरुले वडा बाट पन्चे बाजा पाउँदा शिव शम्भु नौमति बाजा समुहका सबै जना हर्षित भएका छन । वडाले सस्कृति बचाउने उदेश्य राखेर प्रदान गरेको पन्चे बाजाले आफुहरुको रोजिरोटि पनि संरक्षण हुने हुदाँ वडाको लागि जति प्रशंसा गरे पनि कमी हुने बाजा संरक्षण समुहले बताएको छ ।

कार्यक्रममा बोल्दौ वडा अध्यक्ष बिष्णु पौडेलले लोपहुन लागेको संस्कृति बचाउनका लागि प्रदान गरीएका बाजाहरु लाई संरक्षण गर्ने जिम्मा स्वयम बाजा समुहलाईनै रहेको बताए । उनले भने वडा न. २ले लक्षित वर्गमा समेटिएका सम्पुर्ण भएका काम, हुदौ गरेका र आगामि दिनहरुमा हुने कामले वडामा कुनै गुनासो आउन नदिने कुरामा आफु प्रतिबद्ध रहेको जनाए ।

कार्यक्रममा कार्यपालिका सदस्य टिका कुमारि अधिकारिको स्वागत वडा सचिव नरेन्द्र पाख्रेलको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा सदस्यहरु ,पत्रकार लगाएत ६० जनाको उपस्थीति रहेको थियो ।

सम्बन्धित् समाचार