कपिलवस्तु,मंसिर १५।
कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलिहवामा आज पहिलाे पटक प्रभु श्री रामकाे विवाह उत्सव धुमधामका साथ मनाइएको छ।
श्री राम विवाह उत्सव कार्यक्रममा बाल मन्दिरवाट राजा दशरथ ,रामलक्ष्मण र हनुमान रथमा बसेर बाजागाजा का साथमा रथ यात्रा निकालिएको र्याली नयाँ टाेल , गाैडी चाैक हुँदै प्रशासन चाैक पुन: बाल मन्दिरमा रथ यात्रा अएकाे थियाे।
सीता र राम बीच आजको दिन विवाह भएकाे हुनाले राम जानकी मन्दिरमा हरेक बर्ष राम विवाह उत्सवकाे पर्व का रुपमा मनाउने गरिएको भएता पनि याे वर्ष पहिलाे पटक कपिलवस्तुमा पनि विवाह महाेत्सव मनाइएको छ।राम र सीता काे वैवाहिक कार्यक्रम ,साेही कार्यक्रममा संस्कृतिक नृत्यकाे प्रस्तुति पनि गरिएको थियाे।
राष्ट्रिय हिन्दु परिषद् नेपाल र दुर्गा पूजा समिति कपिलवस्तुकाे संयुक्त आयोजनामा राम विवाह उत्सव संचालन गरिएको छ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रमुखहरु,शिक्षकहरु,विद्यार्थीहरु र कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप,भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्याय,दानबहादुर चाैधरी,रविन्द्र मिश्र लगायतकाे अन्य व्यक्तिकाे सहभागिता रहेको थियाे।