गृहपृष्ठ खबर लिटल स्टारमा ISA गतिविधि तीव्र , समुदाय सरसफाइ अभियान सम्पन्न

लिटल स्टारमा ISA गतिविधि तीव्र , समुदाय सरसफाइ अभियान सम्पन्न

प्रकाशित मिति:

कपिलवस्तु ,मङ्सिर २०, रमेश पौडेल ।
कपिलवस्तु जिल्ला ओदारीमा रहेको प्रतिष्ठित निजी विद्यालय हथौसा लिटल स्टार सेकेन्डरी बोर्डिङ स्कुलले ISA (अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार ) गतिविधिमा सक्रियता देखाएको छ । ब्रिटिस काउन्सिलद्वारा प्रत्येक वर्ष प्रदान गरिने ISA अवार्ड प्राप्तिको यात्रा स्कुलको प्रास्तवना स्वीकृत भएसँगै यसै वर्षदेखि भएको हो । स्कुलले ७ ओटा विषयमा प्रोजेक्ट कार्य गरिरहेको स्कुलका ISA संयोजक होतराज खनालले जानकारी दिनुभयो ।

स्कुलमा रहेका ७ ओटा प्रोजेक्ट मध्येको प्रोजेक्ट नम्बर ७ अन्तर्गत गत बुधबार समुदाय सरसफाइ अभियान सम्पन्न भएको छ । स्कुलका करिब १०० विद्यार्थी एवम् शिक्षकको सहभागितामा ओदारी बजार क्षेत्रमा सरसफाइ गरिएको हो । ओदारी टोल विकास संस्थाका अध्यक्ष राजेश चौधरीले समेत विद्यार्थी सँगसँगै बजार सरसफाइमा सहभागिता जनाउनु भएको थियो ।

समुदाय सरसफाइ अभियानद्वारा अभिभावक वर्गमा सरसफाइ सम्बन्धि जनचेतना फैलाउने तथा ISA गतिविधिलाई पूर्णता दिन सो कार्यक्रम सञ्चालन गरिएको स्कुलका प्रिन्सिपल सुन्दर पाण्डेले जानकारी दिनुभयो ।।

सम्बन्धित् समाचार