गृहपृष्ठ खबर कपिलवस्तुका शुभचिन्तकले गरे पूर्व राजालाई भव्य स्वागत

कपिलवस्तुका शुभचिन्तकले गरे पूर्व राजालाई भव्य स्वागत

प्रकाशित मिति:

कपिलवस्तु । मङ्सिर २० । पश्चिम क्षेत्रको भ्रमणमा निस्किएका पुर्व राजा ज्ञानेन्द्र कपिलवस्तुको गोरुसिङ्गे स्थित पशुपती मन्दिर दर्शन गर्नुका साथै सर्वसाधारणसँग भेटघाट गरेका छन । प्रदेश ५को एक साता लामो भ्रमणमा  निस्किएका उनी आज कपिलवस्तुको गोरुसिङ्गेमा रहेको पशुपती मन्दिर दर्शनका लागी गोरुसिङ्गे आई पुगेका हुन ।

 


१६ गते सैनामैनामा रहेको पर्रोहा बोलबम धामको भ्रमण गरेका थिए भने १७ गते मर्चवारमा रहेको मर्चवारी देवीको दर्शन गरेका थिए । १८ गते बसेको होटलमै बिभिन्न ब्यक्तित्वसँग भेटघाट गरेका पुर्व राजाले हिजो १९ गते पाल्पाको भगवती मन्दिर दर्शन गरेका हुन ।

शुक्रबार कार्यक्रमको तालिका अनुसार कपिलवस्तुको गोरुसिङ्गेमा रहेको पशुपती मन्दिरमा दर्शनसंगै आफ्नो शुभ चिन्तकसंग भेटघाट पुश्प गुच्छा ग्रहण गरेका थिए । राजमार्ग देखि पशुपती मन्दिरसम्म सडकको वरी परीबाट हजारौको संख्यमा उपस्थित समर्थकहरुले देश बनाउन राजाको खाँचो छ । राजा आउ देश बचाउ हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतको नारा लगाउँदै भब्य स्वागत गरेका थिए ।

सम्बन्धित् समाचार