गृहपृष्ठ खबर बंगलादेशलाई १-० ले पराजित गर्दै नेपाल फाइनलमा

बंगलादेशलाई १-० ले पराजित गर्दै नेपाल फाइनलमा

प्रकाशित मिति:

काठमाडौं : नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलको फाइनलमा पुगेको छ। आइतबार बंगलादेशलाई १-० ले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो।

भुटान यसअघि नै फाइनल प्रवेश गरिसकेको छ। शनिबार श्रीलंका लाई ३-० गोलले हराउँदै भुटान फाइनल प्रवेश गरेको हो। भुटान साग फुटबलमा पहिलो पटक फाइनलमा पुगेको हो।

१० खेलाडीमा सीमित नेपाल बंगलादेशलाई पराजित गर्दै फाइनल पुगेको हो। नेपाल भने सागको साविक विजेता हो। खेलको ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गरेका आकर्षक गोल नै बंगलादेशविरुद्धको खेलको निर्णायक बन्यो।

बंगलादेशको चार अंक छ। दुई दुई अंक बनाएका माल्दिभ्स र  श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन्। राउन्ड रोविन लिगका आधारमा सञ्चालित पुरुष फुटबलमा शीर्ष दुई टोली फाइनल पुग्नेछन्। लिग चरणमा तेस्रो हुने टोलीलाई सोझै कांस्य पदक प्रदान गरिनेछ।

इन्जुरी समयमा बंगलादेशी खेलाडीले नेपाली खेलाडीलाई आक्रमण गरेपछि मैदानमा तनाव भएको थियो । बंगलादेशका खेलाडीले रेफ्रीलाई  समेत आक्रमणको प्रयास गरेका थिए ।

सम्बन्धित् समाचार