कपिलवस्तु / मङ्सिर , २२ / कपिलवस्तुको बुद्ध रगंशालामा जारी ११ औँ कपिलवस्तु महोत्सवमा आज १० हजार दर्शकको उपस्थिति रहेको थियो । यसैबिच आज महोत्सवको चौथो दिन राष्ट्रिय कलाकारहरु प्रजापति पराजुलीसँगै चर्चित मोडल तथा गायक दुर्गेश थापा सहितका कलाकारहरुले मनोरञ्जन प्रदान गरका छन् ।
त्यसैगरी ९ औँ कपिलवस्तु डान्स आईडलको तेस्रो दिन आईतवार तीन जना प्रतिस्प्रधी आईडलबाट बाहिरिएका छन् । ममता पुन , प्रशंसा अर्याल र उमा अर्याल आजको प्रतिश्पर्धामा सहभागी भई बाहिरिन पुगेका हुन । आजको प्रस्पिर्धाबाट बेस्ट डान्सको रुपमा निशा खनाल छनौटमा पर्नु भएको आईडल संयोजक अमृत केसीले जानकरी दिनुभयो । अब डान्स आईडलको प्रतिस्पर्धामा १० जना रहेका छन ।
यस्तै भोलि राष्ट्रिय कालाकार प्रिति आले, कुलेन्द्र बिस्वकर्मा सहित स्थानीय कलाकारको साथमा नबौ डान्स आईडलको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।