राष्ट्रिय लोक तथा दोहोरी गायक एवं सर्जक गणेश अधिकारीले निसाब एल्वम सँग सँगै “कात्रो” बजारमा ल्याएका छन् । सुजन श्रेष्ठ, प्रेम थापा मगर र दिनेश परियारको शब्द रहेको कात्रो एल्वममा मोहन विकको लय, गणेश अधिकारी र सरस्वती मानन्धरको स्वरका साथै सिजन बरालको निर्देशन र दिपक गिरीको छायाङ्कन रहेको छ ।
पछिल्लो समयमा स्रोताहरुको निकै मन जितेका अधिकारीले २०७२ साल बैशाख १ गते मार मलाई बरु पहिलो एल्बम बजारमा ल्याएर लाखौं दर्शक तथा स्रोताहरुको माया पाएका संचारकर्मी अधिकारीले २०७६ सालसम्म आइपुग्दा २ सय देखि ३ सय सम्मका लोकगीतमा लय, शब्द तथा स्वर दिएका छन् ।
पछिल्लो समय “कात्रो”बजारमा ल्याएका अधिकारीले आँसुको कारखाना, आँसुको सहर, मेरो असल साथी, नलाउ झुटो पीरती भाग १,२,३, अजम्बरी माया, जन्मदिन, बलीदान, आगो, पातै गाँसे, निसाब, डढेलो, पीडाको राजधानी, एउटा कुरा, लगायत ३ सय बढी चर्चीत गीतहरु बजारमा ल्यार्इसकेका छन् । सर्जक तथा गायक अधिकारीको पछिल्लो समयमा बजारमा आएको एल्बम कात्रोले पछिल्लो समयमा दर्शक तथा श्रोताको अत्यन्तै मन जित्न सफल भएको छ ।
वि.सं. २०७२ सालदेखि औपचारिक रुपमा गायन क्षेत्रमा प्रवेश गरेका अधिकारीले दर्शक श्रोताको माया पाएकै कारण “कात्रो” एल्बम बजारमा ल्याएका छन् । आगामी दिनमा शास्त्र, तक्दीर, अनुभव, रङगे हात, अधिकार, मेरी आमा, जोगी, दहिचिउरे, मया, कलङ्क, मन दुःखेको बेला, लाहुरे लगायतका ५० बढी एल्बम बजारमा ल्याउने तयारीमा रहेको अधिकारीले बताए |








