गृहपृष्ठ Featured फेसबुक समूह एम.आर.आर.को ८औँ वार्षिकोत्सब भब्यताका साथ सम्पन्न

फेसबुक समूह एम.आर.आर.को ८औँ वार्षिकोत्सब भब्यताका साथ सम्पन्न

प्रकाशित मिति:

सामाजिक सन्जाल फेस्बूकमा अत्यन्त चर्चा र भाईचाराबोकेको समुह एम.आर.आर. डिसेम्बर ११बाट ८औँ बर्षमा प्रवेस गरेको छ ।
बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि एम.आर.आर.को वार्षिक उत्सब भब्यताका साथ सम्पन्न भएको छ ।

वार्षिकोत्सबको अवसरमा ग्रुपका ६० जना सक्रीय सदस्यहरुको उपस्थितिमा काठमाडौँ कपन स्थित चाइल्ड केयर अर्फानेजमा सम्पन्न गरेको छ । देशका विभिन्न ठाउमा भिन्न भिन्न कार्यक्रम गरि मनाउने क्रममा काठमाडौंको कपनमा रहेको Care Child Orphanage मा कपडाहरु( सुईटर, टोपी, मोजा, तन्नाहरु) तथा स्टेशनरी ( कापी, पेन्सिल तथा केही खेलकुद सामाग्रीहरु ) वितरण साथै खानपान र आर्थिक सहयोग प्रदान गरेर सफलताका साथ वार्षिकोत्सब मनाएको छ। करिव १५ जना बालिकाहरु रहेको उक्त आश्रममा सहयोग गरेर एम आर आरले आफ्नो मानलाइ कायम राखेको छ। उक्त आश्रममा ५-१५ वर्ष सम्मका बालिकाहरु रहेका छन ।

सहयोग पाउँदा उनिहरु निकै खुसी छन् र यस्तो कार्यक्रम भैरहोस भन्ने हरेक नेपालीको चहाना पनि हो। त्यसै गरि हिजै चितवन, पोखरा, अष्ट्रेलिया , रौतहट लगाएत अन्य ठाउँमा पनि एम आर आरले विभिन्न कार्यक्रम गरि आठौ वार्षिकोत्सब मनाएको छ।

के हो त एम.आर.आर ?

यो न त कुनै संस्था नै हो न त कुनै पार्टि। यो एउटा यस्तो समूह हो जस्ले चाहिँ फेसबुकको माध्यमबाट देश वा विदेशमा रहेका नेपालीलाई समस्या परेको थाहा पाएको अवस्थामा सक्दो सहयोग गर्दछ। आजको हाम्रो सन्दर्भ रहेको छ नेपालको सबैभन्दा चर्चित फेसबुक ग्रुप  एम आर आर (MRR) अर्थात मेन्स रुम रिलोडेड।

कस्तो समुह हो त एम.आर.आर ?

सन २०११ डिसेम्बर ११का दिन खोलिएको यश ग्रुपमा/समुहमा आज करिब १ लाख देश विदेशमा रहनुभएका नेपाली युवा को समुह हो एम.आर.आर  | यश ग्रुपले भातृत्व र भाइचारालाई अङगालेर दाजुभाइहरुलाइ जोड्दै आएको छ। जहाँ सहयोगको खाचो देख्छ यो ग्रुपले सधै केही सहयोग गर्ने कोसिस गर्छ।

सम्बन्धित् समाचार