प्रदेश ५ काे नाम र राजधानी ताेक्ने बिषयमा सहमति हुने अवस्था नदेखिएपछि प्रदेश सभाकाे बैठकले २०७५ साउनमा संसदिय बिशेष समिति गठन गरेकाे थियाे ।
पहिलो पटक ३ महिना कार्यादेश दिईएकाे उक्त समितिले पहिलो ३ महिना बैठक नै बस्न नसकि म्याद गुजारेकाे थियाे ।
समितिले पहिलाे कार्यादेश भित्र जिम्मेवारी पूरा गर्न नसकेपछि पुनः म्याद थप गरि जिम्मेवारी दिईएकाे थियाे ।
पटकपटक बिवाद र आलोचना सहदै आएको समितिले अन्ततः प्रदेशकाे नाम “लुम्बिनी” राख्न प्रदेश सभालाई सिफारिस गरेकाे छ ।
ताेकिएकाे जिम्मेवारी छाेडेर भारतकाे हरियाणा र पन्जावकाे राजधानी भ्रमणमा गएकाे भन्दैै चाैैैैतर्फि आलोचना भएका बेला समितिले नाम र राजधानी टुंगो लगाएकाे छ ।
समितिले गरेकाे सिफारिस लाई प्रदेश सभाकाे बैठककाे दुई तिहाईले पारित गर्नुपर्ने प्रावधान छ ।
संसदिय बिषेश समितिका एक सदस्यका अनुसार प्रदेशको राजधानी भने मध्यमार्गी बाटाे अपनाउदै ताेकिएकाे छ । हामीले बिवाद नआआेस भन्ने हिसावले मध्यमार्गी बाटाे अपनाएका छाैंं उनले भने ।
समितिले रुपन्देहीको बुटवल-सैनामैना, कपिलवस्तुकाे बाणगंगा-बुद्धभुमी तथा दांङकाे भालुवाङ- लमहीलाई प्रस्ताव गरेको बुझिएकाे छ ।
प्रधानमन्त्री अध्यक्ष केपी आेली र कार्यकारी अध्यक्ष प्रचण्डको भावना अनुरुप प्रदेशको राजधानी सिफारिस गरिएको समितिका ति सदस्यले संकेत गरे।
नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्प कमल दहाल प्रचण्डले केही महिना अघि प्रदेश ५ काे राजधानी दाङ हुने बताएका थिए ।
तेस्रोपटक थपिएको म्याद सकिनै लाग्दा साेमवार सभामुख समक्ष आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ ।