नन्दु कवर / भुमही /
मंसिर ३०/
पश्चिम नवलपरासीको जनता आधारभुत विद्यालय सुनवल १२ हरकट्टाको आयोजनामा सुरु भएको श्रीमद् भागवत पितृमोक्ष धनधान्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ २०७६ आज सोमबार पनि जारी छ ।

बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष एवम महायज्ञ मुल समितीका संयोजक अमर नारायण चौधरीको अध्यक्षता एवम आज पाचौ दिनको प्रमुख अतिथि सुनवल नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष यमलाल पाण्डेको प्रमुख आथित्यता रहेको थियो ।
मंसिर २६ गते बाट सुरु भएको महायज्ञको पाचौ दिन सम्म १९ जनाले तुलादान गर्नु भएको छ ।

महायज्ञमा आज सम्म करिब १५ लाख भन्दा बढी रकम संकलन भएको यज्ञ मुल सम्पादन समितिका महासचिव लुमाकान्त भुषालले जानकारी दिनुभएको छ । विं सं २०४८ सालमा स्थापना भएको जनता आधारभुत विद्यालयको अग्रेजी माध्यम र प्राविधिक शिक्षा सञ्चालनका लागी उक्त ज्ञान महायज्ञको आयोजना गरिएको र सो ज्ञान महायज्ञ पुस २ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।
महायज्ञमा १८औ पुराणका सारस प्रवक्ता बालब्यास पण्डित श्रीनारायण न्यौपाने कृष्ण चरणामृत जीको सगिंतमय कथा प्रबचन तथा झाकि सहित महायज्ञ सञ्चालन भैरहेको छ ।

महायज्ञबाट करिब ७० लाख संकलन गर्ने लक्ष्य राखिएकोमा २० लाख खर्च गरि बचेको ५० लाखलाइ बचत गरिे त्यसको ब्याजबाट विद्यालयलाई शैक्षिक गुणस्तरका लागी थप शिक्षकहरुको ब्यवस्था मिलाई पठन पाठन अगाडी बढाउने लक्ष्यका साथ महायज्ञ संचालन गरीएको आयोजकले जनाएको छ । पुस २ गते सम्म संचालन हुने महायज्ञमा दिन प्रतिदिन भक्तजनहरुको सहभागिता बढदै गैरहेको आयोजकले जनाएको छ ।










