गृहपृष्ठ खबर बडसारमा नाइट दुक्कि कृकेट प्रतियाेगिता सुरु

बडसारमा नाइट दुक्कि कृकेट प्रतियाेगिता सुरु

 

उमेश बि.क / नवलपरासी , ३० मंसिर /

नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४
बडसारमा नाइट दुक्कि कृकेट प्रतियाेगिता सुरु भएको छ।

साथि युवा क्लबका महेश सहानिकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा कृकेट प्रतियाेगिता उदघाटन गरिएको हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष चाैधरीले खेलकुद मानव स्वास्थ्यकाे लागि लाभदायक छ । यसले संगठित गर्नुकाे साथै अात्मियता प्रदान गर्दछ। युवालाई कुलतबाट बचाउन ठुलाे मद्दत गर्दछ । साथै खेलकुद पनि अन्य बिकासकाे तुलनामा एउटा बिकास हाे। सबै जाती समुदाय धर्म समेटि हामी हिन्ने प्रयासमा छाैँ तसर्थ हरेक जाति समुदायको सँस्कृति संरक्षणकाे लागि बजेट बिनियाेजन गरि कला सँस्कृति जगेर्ना गर्नतिर लागिपरेको र खेलकुद तथा खेलाडी बिकासमा
सरावल गाउँपालसकाबाट सधैं सकारात्मक रहि हमेशा साथ र सहयाेग गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियाे।

नाइट दुक्कि कृकेट प्रतियाेगितामा वडा नं. ४ कि वडा सदस्य जन्तिरा सहानि,नेपाली काङ्ग्रेस सरावल गाउँपालिका सभापति बिनाेद पाण्डे ,निर्माण ब्यवसायि संघ नवलपरासी सदस्य अालम गिर खाँ ,नेपाली काङ्ग्रेस क्षेत्रीय सदस्य सफि माेहम्मद शेष, पत्रकार उमेश बि.क,गाेबरहिया प्रहरी चाैकि इन्चार्ज सिबि अाेलि र समाजसेवी बरकल्लाह खाँ लगाएको सहभागीता रहेको थियाे।

प्रतियाेगितामा प्रथम भएकालाई नगद पुरस्कार ७ हजार मेडल कप, दोस्रोहुनेलाई नगद ४ हजार मेडल कप ,म्यान अफ द टुनामेन्ट हुनेलाई कप मेडल तथा मस्ट बिकेट टेकर बलर हुनेलाई भेष्ट र मेडल दिइने खेलकुद संयाेजक मुन्ना खानले जानकारी दिनुभएको छ। नाइट दुक्कि कृकेट प्रतियाेगितामा २५ अाेटा कृकेट समुहको सहभागीता रहेको छ।

सम्बन्धित् समाचार