गृहपृष्ठ खेलकुद शुद्धोदन मा. वि जिनुवामा खेल सप्ताह सुरु , भलिबल र व्यटमिन्टन खेल सम्पन्न

शुद्धोदन मा. वि जिनुवामा खेल सप्ताह सुरु , भलिबल र व्यटमिन्टन खेल सम्पन्न

राष्ट्रका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित आज देखि श्री शुद्धोदन जन जिवन मा.वि वाणगंगा ९ , जिनुवामा विद्यालय प्र.अ अनित कडेलको अध्यक्षतामा सप्ताह सुरु भएको छ ।

खेल सप्ताहको उद्घाटन गदैँ कडेलले खेलले राष्ट्रको नाम राख्ने , खेलाडीलाई अनुशासनमा राख्नका लागि तथा स्वास्थय रहनका लागि जिवनमा खेलको आवश्यक रहेको बताउनु भएको थियो ।

खेल सप्ताहको पहिलो दिन दुई खेल सम्पन्न भएको छ । पुरुष भलिवल तर्फ सहभागि ५ समुह मध्ये कुदान समुहले जखिरा ताललाई २–० को सोझो सेटमा हराउदै फाइनलको उपाधी हात पारेको छ , भने महिला व्यटमिन्टन तर्फ वाणगंगा समुह विजय भएको छ ।खेल सप्ताहको खेल संयोजक नारायण आचार्य प्रतियोगिताको औपचारिक सुरुवात सञ्चलानमा गरिएको थियो ।

सम्बन्धित् समाचार