गृहपृष्ठ Featured शिवराज जेसिजमा सापकोटाको नेतृत्व

शिवराज जेसिजमा सापकोटाको नेतृत्व

प्रकाशित मिति:

शिवराज जेसिजमा विजय सापकोटाको नेतृत्वमा नया समिति चयन गरिएको छ । शिवराज नगरपालिका २ खरेन्द्रपुरमा विहिवार भएको दोस्रो अधिवशनले उनलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै कार्यकारी उपाध्यक्षमा कृष््ण कार्की र वाइ पि पौडेल,उपाध्यक्षमा खगेश्वर गिरि कविराज अधिकारी,मधु सिग्देल,प्रकाश शर्मा,माहासचिवमा वुद्धिसागर सापकोटा र कोषाध्यक्षमा केशव खनाललाई चयन गरिएको छ ।

संस्थापक अध्यक्ष तथा २०१९ अध्यक्ष सरोज पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले जेसिजले गरेका सामाजिक कामहरुको प्रशंसा गरिएको थियो । जाडोयाममा बालवालिकाहरुलाई न्यानो कपडा वितरण,अग्नीपिडिलाई राहत वितरण लगाएतका कामहरु गरेको अध्यक्ष पौडेलले पेश गरेको प्रतिवेदनमा समावेश गरिएको छ ।

युवाहरुको सस्था रहेकोले युवाको क्षमता वृद्धि र नेतृत्व विकासमा सस्थाले काम गरेको उनले वताए । विहिवार भएको उक्त कार्यक्रममा पौडेलले नया नेतृत्वलाई वधाई तथा सफताको कामना गरे । चयन पश्चात सापकोटले जेसिजलाई एक स्थापित सामाजिक सस्था बनाउने दृढता व्यक्त गरे

सम्बन्धित् समाचार