गृहपृष्ठ खबर कपिलवस्तुको ताैलिहवामा प्रभु बैंककाे शाखा बिस्तार

कपिलवस्तुको ताैलिहवामा प्रभु बैंककाे शाखा बिस्तार

प्रकाशित मिति:

धीरज काेरी , कपिलवस्तु

कपिलवस्तु जिल्ला काे सदरमुकाम ताैलिहवा मा प्रभु बैंक लिमिटेडकाे शाखा काे उद्घाटन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काे अगाडि रहेको पशुपती प्रताप पुस्तकालय रहेको भवनको माथिल्लो तल्लामा प्रभु बैंक लिमिटेडकाे शाखा  संचालनमा आएको छ । साथै प्रभु बैंक तौलिहवा शाखाको कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह द्वारा उद्घाटन गरिएको छ।

ताैलिहवा शाखाकाे उद्घाटन पछि स्थानीय सर्वसाधारण तथा व्यापारीलाई आर्थिक कारोबार गर्न सजिलो हुने शाखा प्रबन्धक सुनिल भुसाल ले बताउनु भएको छ।

साे कार्यक्रममा प्रभु बैंक लिमिटेड का प्रदेश प्रमुख सुनिल राना,वडा अध्यक्ष लगायत अन्य व्यापारी काे उपस्थिति रहेकाे थियो ।

सम्बन्धित् समाचार