गृहपृष्ठ खबर “मिस नेपालगन्ज २०१९” को उपाधि सन्ध्या शाहलाई  

“मिस नेपालगन्ज २०१९” को उपाधि सन्ध्या शाहलाई  

प्रकाशित मिति:
एक्स जेनेरेसनको आयोजना शनिबार (आज) सम्पन्न सौन्दर्य प्रतियोगिता “मिस नेपालगन्ज २०१९” को उपाधि सन्ध्या शाहले हात पारेकी छिन।

नेपालगन्जको रंगशालामा सम्पन्न ग्राण्ड फिनालेमा १२ जना प्रतिस्पर्धीलाई उछिन्दै सन्ध्या “मिस नेपालगन्ज २०१९” को विजेता बन्न सफल भएकी हुन। त्यस्तै, फस्ट रनरअप एकता बुढाथोकी बनिन भने सेकेन्ड रनरअप निशा श्रेष्ठ बनिन।

फिनालेको निर्णायकमा पुर्व प्रधानसेनापति रुक्मांगत कटुवाल , रिबन इन्टरनेसनलको सिइओ निशु झा , मिसेस नेपाल इन्टरनेसनल २०१९ को बिजेता भविशा कोइराला चटौत , नेपालगन्जका पहिलो प्रोफेसनल मोडेल अजय पोख्रेल , नेपालगन्जका स्थानिय तथा नेपालकै पहिलो मुस्लिम मेल मोडेल राजा खान रहेका थिए।

सम्बन्धित् समाचार