गृहपृष्ठ खबर आज र भाेलि माैसम सफा रहने

आज र भाेलि माैसम सफा रहने

तराईमा केही दिनदेखि लागिरहेको बाक्लो कुहिरो साेमबार (आज) देखि कम हुने मौसमविद्ले बताएका छन् ।

तराईमा अहिले पनि बाक्लो कुहिरो र हुस्सु लागे पनि दिउँसोदेखि बिस्तारै कम हुँदै जाने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

मंगलबार बिहान पनि केहीबेर हुस्सु लाग्ने सम्भावना भए पनि दिउँसो खुल्ने र बेलुकातिरबाट पश्चिमी वायुको प्रभाव पर्न थाल्ने भएकाले तराईको मौसम सफा हुँदै जाने उहाँले बताउनुभयो । केही दिनदेखि घाम नलाग्दा तराईको जनजीवन प्रभावित भएको छ ।

यस्तै काठमाडौसहितका ठाउँमा दिउँसो घाम लाग्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यस्तै मंगलबार बेलुकीदेखि पश्चिमी वायुको प्रभावका कारण देशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात र अरु ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् अर्यालले बताउनुभयो ।

पश्चिमी वायुको बढी प्रभाव भने बुधबारदेखि मात्रै पर्ने सम्भावना छ । यसैबीच आइतबार १ डिग्री सेल्सियस रहेको काठमाण्डाैकाे तापक्रम साेमबार बिहान १ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।

सम्बन्धित् समाचार