
तराईमा एक सातादेखि शीतलहरसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । चिसोबाट सबैभन्दा धेरै बालबालिका, वृद्धवृद्धा र मजदुर समस्यामा परेका छन ्। चिसो बढे संगै स्थानिय तह तथा प्रशासन र सामुदायिक वनहरुले सुनवल नगरपालिकाको सुनवल चौराहा , वडा नम्बर १२ भुमही चोक लगायत पश्चिम नवलपरासीको मुख्य बजार क्षेत्रमा दाउरा वितरण गरेका छन् जसका कारण चोक चोकमा आगो तापेर बस्नेहरु प्रशस्तै देखिएका छन् । चिसोका कारण सरकारी कार्यालयहरुमा सेवाग्राहिको सङख्यामा पनि कमि आएको छ ।
यस्तै गरी जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले उद्योग बाणिज्य संघ नवलपरासी , उद्योग बाणिज्य संघ सुनवल, उद्योग बाणिज्य संघ बर्दघाटका अध्यक्ष एवम प्रतिनिधीहरु संग छलफल गरी बढदै गएको चिसोको कारणले प्रभाबित भएका बिपन्न , असहाय परिवारहरुको लागी न्यानो कपडा एवम काठ दाउराको ब्यवस्थापनको लागि अनुरोध गरेको छ ।
यस्तै गरी जिल्ला सुरक्षा समिती पश्चिम नवलपरासीको बैठकबाट समेत चिसोबाट प्रभाबितका लागि आवश्यक पर्ने काठ , दाउरा , लगायत अन्य सामग्री बितरणको लागी आवश्यक समन्वय र सहजीकरण समेत मिलाइएको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
यस्तै गरी जिल्ला विपद व्यवस्थापन समितिको बैठकले स्थानिय तह, रेडक्रस, सामुदायिक वन लगायत सरोकारवालालाई विपन्न तथा असहाय परिवारका लागि न्यानो कपडा वितरण गर्न आग्रह गरेको छ । यस्तै गरी जिल्लाका विभिन्न स्थानमा आगो बाल्नका लागी दाउराको व्यवस्था पनि गरिएको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनिले जानकारी दिनुभयो ।
यस्तै गरी तराईमा एकाक्सी चिसो बढेपछि बिभिन्न संघसंस्था र स्थानिय तहहरुले चिसो छल्नलाई नगरबासीहरुलाई दाउरा र कम्बल बितरण क्रम बढेको छ ।
सोही क्रममा सुनवल नगरपालिकाले जाडो छल्नको लागि दाउरा चोक —चोक र चौराहामा बितरण गरेको नगरपालिकाकाले जनाएको छ । पश्चिम नवलपरासीमा सुनवल नगरपालिकाले सुनवल ४ चौराहा , वडा नं १२ भुमही ,वडा नम्बर १३ बडेरा लगायत ५, ६, १ , र ७ मा दाउरा बितरण गरको सुनवल नगरपालिकाले जनाएको छ ।
त्यस्तै गरी रामग्राम नगरपालिकाले पनि जाडो छल्नको लागि नगरबासीहरुलाई दाउरा बितरण गरेको जनाएको छ ।
यस्तै गरी पाल्हीनन्दन गाउँपालिकाले पनि जाडो छल्नको लागि नगरबासीहरुलाई दाउरा बितरण गरेको छ । गाउँपालिका भित्र रहेको सबै वडाहरुमा नगरबासीहरुलाई जाडो छल्नको लागि दाउरा बितरण गरिएको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताउनु भएको छ ।
त्यस्तै बर्दघाट नगरपालिकाले पनि जाडो छल्नको लागि नगरबासीहरुलाई दाउरा बितरण गरेको जनाएको छ । नगरपालिकाभित्र रहेको सबै वडाहरुमा नगरबासीहरुलाई जाडो छल्नको लागि दाउरा बितरण गरिएको नगरप्रमुख धिरज शर्मा बस्यालले जानकारी दिनु भएको छ ।








