गृहपृष्ठ खबर अब शिक्षकको विज्ञापन प्रदेशस्तरमा हुने

अब शिक्षकको विज्ञापन प्रदेशस्तरमा हुने

गत असोजमा संशोधन भएको शिक्षक सेवा आयोग (दशौँ संशोधन) नियमावलीले आयोगले रिक्त शिक्षक पदपूर्ति गर्नका विज्ञापन आह्वान गर्दा प्राथमिक तहको हकमा जिल्लागत र निम्न माध्यमिक तथा माध्यमिक तहको हकमा प्रदेशस्तरमा विज्ञापन गर्नु पर्नेछ भनेर नियमावलीमा प्रष्ट व्यवस्था गरिदिएको छ । यस अघि भने, आयोगले प्राथमिक तहको हकमा जिल्लागत र निम्न माध्यमिक तथा माध्यमिक तहको हकमा विकासस्तरमा गर्दै आएको थियो । अब नियमावली संशोधन भएसँगै निम्न माध्यमिक तथा माध्यमिक तहको हकमा आयोगले अब रिक्त शिक्षकको पदपूर्ति प्रदेशस्तरमा गर्नेछ ।

 

साथै नियमावलीले आयोगले रिक्त शिक्षक पदपूर्ति गर्न आवश्यक विवरण खुलाई राष्ट्रियस्तरको पत्रपत्रिकाको माध्यमबाट विज्ञापन गराउनु पर्ने उल्लेख गरेको छ । नियमावलीमा आयोगले शिक्षक नियुक्तिलाई व्यवस्थित गर्न विभिन्न चरणमा विज्ञापन गर्न सक्नेछ भन्ने व्यवस्था पनि उल्लेख गरिदिएको छ ।

सम्बन्धित् समाचार