गृहपृष्ठ Featured प्रदेश नं ५ मा माघ १ र २ गते सार्वजनिक बिदा

प्रदेश नं ५ मा माघ १ र २ गते सार्वजनिक बिदा

प्रकाशित मिति:

बुटवल । प्रदेश ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ ।माघे सक्रान्तिको अवसरमा प्रदेश सरकारले २ दिन बिदा दिने निर्णय गरेकाे हाे ।

गत वर्ष पनि प्रदेश ५ सरकारले माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै प्रवक्ता बैजनाथ चौधरीले पुस २९ गते मुख्यमन्त्री निवासमा माघी पर्व मनाउने र २ दिन सार्वजनिक बिदा दिइएको जानाकारी गराए ।

मन्त्रिपरिषद्को बैठकले फागुन १० गतेदेखि १२ गतेसम्म ३ दिन दाङमा प्रदेश स्थापना एक्स्पो गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले गरेका गतिविधि एवं सूचना, प्रविधि सहितको एक्स्पो गर्न लागिएको प्रवक्ता चौधरीले बताए ।

बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ । बैठकले एक निर्देशकसहित १० जनाको दरबन्दी स्वीकृत गरेको हो ।

बैठकले रुपन्देहीका ईन्द्र प्रसाद पछाईलाई प्रदेश वन निर्देशनालयको निमित्त निर्देशकमा खटाएको छ । बैठकले प्रदेश पदक निमावली स्वीकृत, प्रदेश चलचित्र निर्माण, प्रदर्शन एवं वितरण अवधारणापत्र स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित् समाचार